क्यान्सरबाट बच्ने उपाय
थाहा भएको कुरा हो, गलत जीवनशैली र खानपानका कारण क्यान्सर हुनसक्छ। त्यसैले त्यस्ता आहारविहारबाट बच्न आवश्यक छ।
क्यान्सरकाे प्रमुख कारण सुर्तीजन्य पदार्थ सेवन। चुरोटले फोक्सो, किड्नी, ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ। सुर्ती र गुट्खा खाँदा मुख र पाचन ग्रन्थीमा क्यान्सर हुन सक्छ। बिँडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्त्व प्रवेश गर्छन्। यी तत्त्वले स्वस्थ कोशिकाहरूलाई रोगी कोशिकामा बदलिदिन्छन् र यही कोशिकाहरू क्यान्सरमा परिणत हुन्छन्।
यस्तै कुहिएको, बासी, सडेगलेको, तारेको, भुटेको र मसलादार खानेकुरा अस्वस्थ्यकर हुन्छन्। यस्ता खाना क्यान्सरको कारण बन्छ।
तौल नियन्त्रण राख्नुपर्छ। शरीरलाई फुर्तिलो राख्नुपर्छ। मोटोपनाका कारण मूत्राशय, स्तन, गर्भाशय र ठूलो आन्द्राको क्यान्सर आदिको खतरा हुन्छ। त्यसैले व्यायाम वा शारीरिक श्रम गर्नुपर्छ।
दिनभर कामका लागि आवश्यक उर्जा पाउन पौष्टिक आहार आवश्यक छ। फल, सागपात, दूध, अण्डा र ड्राई फ्रुट्स पौष्टिक आहार हुन्। यिनकाे गुणस्तर र सरसफाइमा ध्यान दिनुपर्छ।
सूर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर निश्चित समय मात्र। ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरण पनि आउँछन्, जो शरीरका लागि हानिकारक हुन्छन्। यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा छाला क्यान्सरको खतरा हुन्छ।
बढ्दाे शहरीकरणका कारण धुवाँ धुलाेजस्ता प्रदूषण बढेका छन्। प्रदूषण पनि क्यान्सरकाे कारक बन्न सक्छ। यसबाट जाेगिने उपाय अपनाउनुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण