जाडाे माैसममा हृदयाघातको जोखिम बढी
मुटुको धमनीमा शतप्रतिशत अवरोध आई मांसपेशीले काम गर्न नसक्नु हृदयाघात हो। रक्तनलीमा बोसो जमेमा, रक्तनली फुटेमा र उच्च रक्तचापका कारण मुटुमा दबाब परेमा धमनीमा अवरोध पुग्छ। स–साना धमनीमा अवरोध हुँदा खासै असर देखिँदैन । तर मुख्य धमनीमा अवरोध भएर हृदयाघात भएमा भने खतरनाक हुनसक्छ।
चुराेट सुर्ती सेवन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र वंशाणुगत गुण आदि हृदयाघातका कारण हुन्। त्यस्तै विभिन्न हर्मोनका कारण पुरूषलाई हृदयाघातको जोखिम हुन्छ । उमेर बढ्दै जाँदा महिला र पुरुष दुवैमा हृदयाघातकाे सम्भावना बढ्छ। विशेषगरी बिहानको समयमा हृदयाघात हुने सम्भावना बढी हुन्छ।
लक्षण
हृदयाघातको लक्षण व्यक्तिपिच्छे फरक–फरक हुन्छन् । हृदयाघात हुनुअघि कमजोरी महशुस हुनु,छाती दुख्नु, बंगारा दुख्नु, दम बढ्नु वा स्वाँ–स्वाँ हुनुजस्ता लक्षण देखिन्छन्। कतिपय अवस्थामा लक्षण नै देखिँदैन।
कोहीकोहीमा पेट दुख्ने, मुटु ढुकढुक हुने, बेहोश हुने आदि समस्या देखा पर्नसक्छ। यस्ता लक्षण देखा पर्न थाले चाँडै चिकित्सककहाँ जानुपर्छ ।
जाडोमा झन् जोखिम
जाडो मौसममा अलि बढी निष्क्रिय जीवनशैली हुन्छ। त्यसकारण मुटुरोगका बिरामीका लागि हृदयाघातको उच्च जोखिम हुन्छ। चिसोका कारण शरीरका नसा साँघुरिँदा मुटुमा भार बढी हुन्छ। त्यसकारण हृदयाघातको जोखिम बढ्छ।
चिसोमा कहिलेकाहीँ अचानक रक्तचाप बढ्ने भएकाले नसा फुटेर हृदयाघात हुने चिकित्सकहरू बताउँछन् । जाडोमा हृदयाघात हुनुको अर्को प्रमुख कारण हर्मोनको गडबडी पनि हो।
मुटु रोगमा पुराना बिरामीले जाडोमा खानपान र जीवनशैलीलाई ध्यान दिएर सावधानी अपनाउनुपर्छ। पहिले मटुरोग लागेर ठीक भएकाहरूले समेत जाडोमा चिसोबाट जोगिनुपर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य