ट्वाइलेटमा नगर्नुस् यस्ता गल्ती
तपाईँ हाम्रो स्वास्थ्यका लागि भान्सा जति सफा हुनुपर्छ, शौचालय (ट्वाइलेट) पनि त्यति नै। ट्वाइलेटको सरफाइमा ध्यान दिइएन भने त्यसको माध्यमबाट अनेकौँ रोग उत्पन्न हुनसक्छ।
ट्वाइलेट जाने क्रममा गरिने स–साना गल्तीले स्वास्थ्यमा अनेकौँ प्रकारका समस्या निम्त्याउँछ–
ट्वाइलेट सिटमा धेरै बेर बस्नु
केही व्यक्ति ट्वाइलेटमा घण्टौ बिताउँछन्। विशेषज्ञका अनुसार ट्वाइलेटमा १० मिनेटभन्दा बढी समय बस्नाले मांसपेशीको तल्लो भागमा दबाब पर्छ र पाइल्सको समस्या हुनसक्छ।
मोबाइलको प्रयोग गर्नु
अचेल बाथरुम जाँदा पनि मोबाइलको प्रयोग गर्ने चलन आएको छ। ट्वाइलेटमा कैयाैँ ब्याक्टेरिया हुन्छन्। ती ब्याक्टेरिया मोबाइल हुँदै शरीरमा प्रवेश गर्न सक्छन्। यसले पेटको संक्रमणकाे समस्या निम्त्याउँछ।
बढी बल लगाउनु
पिसाब फेर्दा वा मल त्याग गर्दा जोड लगाइन्छ, भने श्वास तथा नसामा दबाब पैदा हुन्छ, जसले गर्दा स्वास्थ्यसम्बन्धी समस्या निम्तिन सक्छ। कब्जियतको समस्या कम गर्न पनि बिहान उठेर प्रशस्त मात्रामा पानी पिउनुपर्छ।
ट्वाइलेट पेपरको गलत प्रयोग
ट्वाइलेट पेपर प्रयोग गर्दा कतिपय मानिस जोड लगाउने गर्छन्। सफा गर्ने क्रममा ट्वाइलेट पेपरलाई जोडले प्रयोग गर्दा स्किन एलर्जी र स्किन र्यासेज लगायतका छालासम्बन्धी समस्या निम्तिन्छ। यसबाट बच्न हल्का हातले सफा गर्नुपर्छ।
ढक्कन खुल्ला छोड्नु
बाथरुम प्रयोग गरेपछि मानिसहरु सिटलाई प्राय खुल्लै छोडिदिन्छन्। बाथरुमको प्यानमा तैरिने धेरै ब्याक्टेरिया बाहिर आएर अनेकौँ रोगका कारण बन्न सक्छन्। त्यसैले शाैच गरिसकेपछि ढक्कनले बन्द गर्न आवश्यक छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य