जाडोमा रुघाखोकीले सतायो?, भान्सामा ज्वानो छँदैछ
जाडो दिनप्रतिदिन बढ्दैछ। यो समयमा चिसोका कारण अधिकांशलाई आउने समस्या हो, रुघाखोखी। विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई रुघाखोकीले धेरै सताउँछ। बच्चा, वृद्धवृद्धालाई यसले बढी असर गर्छ। समयमै ख्याल नगरिए रुघाखोकीले गम्भीर समस्या निम्त्याउन सक्छ।
रुघाखोकीबाट छुटकारा पाउने उपाय सजिलो छ। रुघाखोकी लाग्नै नदिन पनि यो उपाय प्रभावकारी छ। त्यो हो हाम्रो भान्सामा रहेको ज्वानो सेवन।
ज्वानो विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। यो काँचै पनि खान सकिन्छ। भुटेर खान पनि मिल्छ। ज्वानोको रस अन्य पेय जस्तै पिए पनि हुन्छ।
चिसो मौसममा ज्वानो पानीको नियमित सेवनले शरीरलाई कयौ समस्याबाट बचाउँछ। यतिमात्र नभई नियमित रूपमा ज्वानोपानीको सेवनले मधुमेहको समस्या ८० प्रतिशतले कम हुनुका साथै यसको नियमित सेवनले मुटु सम्बन्धी समस्या कम हुन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य