औषधि पनि हो जाडाेकाे घाम
जाडोमा घाम प्यारो हुन्छ। घाम शरीरबाट चिसो भगाउनलाई मात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ। औषधि पनि हो जाडोको घाम। तर, कतिपय व्यस्तताका कारण घाममा बस्न पाउँदैनन्। त्यसै समय छुट्याएरै घाममा बस्नु उपयुक्त हुन्छ। घाम ताप्नुका फाइदा–
जाडोमा घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो। यसले मानिसको कार्यक्षमता समेत बढाउँछ।
घामले रक्तसञ्चारलाई सन्तुलित बनाउँछ। शरीरमा रगत जम्ने प्रक्रियालाई सूर्यको न्यानो प्रकाशले रोक्छ।रक्तसञ्चार पनि चुस्त हुन्छ । जाडोको घामको न्यानोले चिनी र मुटु रोगीलाई समेत राहत प्रदान गर्छ ।
घाममा बस्दा शरीरले भिटामिन डी ग्रहण गर्छ। यसले हड्डी मजबुत बनाउन सहयोग गर्छ। त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारिरिक दुखाईमा पनि राहत प्रदान गर्छ।
कतिपयलाई वेलावेला शरीरमा हुने विभिन्न प्रकारका फंगल संक्रमणले निकै दुख दिइरहेको हुन्छ। नियमित रूपमा घाममा बस्ने गर्नुस्। जाडोको घामले त्यस्तो संक्रमण निको पार्न महत्त्वपूर्ण भूमिकाखेल्छ। यस्तो घामले विभिन्न किसिमका किटाणुको संक्रमबाट पनि बचाउँछ।
घाम ताप्दा तनावमुक्त हुन पनि सहयोग पुग्छ। निद्रा नपर्ने समस्या भएकाहरूलाई राहत मिल्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य