मधुमेहलाई चाँडै निम्तो दिने यी बानी
अहिले घर घरको समस्या बनेको छ डाइबेटिस अर्थात् मधुमेह। मधुमेह बाहिर कहीँकतैबाट आउने होइन यो त हाम्रो जीवनशैली र खानपान आदिको कारण हुने हो। हामीले जीवनयापनका क्रममा गर्ने कतिपय गल्तीका कारण मधुमेह समस्या आइलाग्छ।
हामीमध्ये धेरैको बानी के छ भने धेरैबेर भोकै बस्ने, पाएपछि एकैपटक धेरै खाने। यो बानी राम्रो होइन। यसैगरी बिहान नास्ता नगर्ने बानीले पनि मधुमेहलाई निम्तो दिइरहेको हुन्छ। बिहान नास्ता नगर्नाले पनि शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुँदैन। त्यसैले ब्लड सुगर लेभल नियन्त्रण गर्न गाह्रो हुन्छ।
बजारमा पाइने पेय पदार्थ तथा इनर्जी ड्रिंकमा चिनीको मात्रा अत्याधिक हुन्छ, जसले शरीरमा क्यालोरी बढाइदिन्छ। यसबाट तौल बढ्छ र मधुमेहको खतरा हुन्छ।
राति ढिलो खाना खाने र तुरुन्तै सुत्ने बानीले तौल बढ्छ। यसले ब्लड सुगरको सन्तुलन गडबड गरिदिन्छ, जसले मधुमेहको खतरा बढाइदिन्छ।
धेरैजसो मानिस खाना खाइसकेपछि घण्टौँ आराम गरेर बस्छन्। यसले शरीरमा बोसो बढ्छ। मधुमेहको खतरा पनि उत्तिकै हुन्छ।
नहिँड्ने, व्यायाम नगर्ने र शरीरलाई नियमित सक्रिय नराख्रने बानीले पनि मधुमेह लाई निम्तो दिइरहेको हुन्छ।
समाधान के?
धेरैबेर भोको पेट नबस्ने। समय तालिका मिलाएर पटक पटक खानेकुरा खाने।
खानामा हरियो सब्जी, सलाद र सुप आदि समावेश गर्ने। भोजनमा रेशादार पदार्थलाई प्राथमिकता दिने।
चिनीजन्य खाद्यपदार्थ सकेसम्म सेवन नगर्ने। गर्नैपरे नियन्त्रित मात्रामा गर्ने।
हरेक दिन एक घण्टा जति तीव्र गतिमा हिँड्ने। घरमै पनि व्यायाम गर्ने। शरीरलाई नियमित सक्रिय राख्ने।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य