दिनहुँ काजु खाने गर्नुस्, पाउनुस् यी फाइदा
काजु खान जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि। किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिँदैन।
काजुमा म्याग्नेसियम, कपर, आइरन र पोटासियमलगायत तत्त्व प्रशस्त मात्रामा पाइन्छ। यी तत्त्वले मानव शरीरलाई स्वस्थ राख्न मद्दत गर्छन्। त्यसैले हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।
काजुमा पर्याप्त मात्रामा आइरन तत्त्व पाइने हुँदा यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ। यसमा भरपूर मात्रामा एन्टिब्याक्टेरियल तत्त्व हुन्छ, जसले हाम्रो छालालाई सुन्दर बनाइराख्न मद्दत गर्छ।
यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ। काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
काजुमा सेलेनियम तथा भिटामिन ई भरपूर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचनशक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ। यसमा जिंक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ।
काजुमा कोलेस्ट्रोलको मात्रा न्यून हुन्छ, जसले हृदयाघातको जोखिम कम गर्छ। यसको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण