चिसाे माैसममा बदाम खाँदा हुने फाइदा
पुसमाघकाे जाडोमा चाैरमा घाम ताप्दै बदाम खान कसलाई मन नपर्ला? शरीरका लागि आनन्ददायक मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ बदाम। यसलाई अंग्रेजीमा पिनट्स भनिन्छ भने हिन्दीमा मुंगफली।
बदाम वानस्पतिक प्रोटिनको भरपुर स्रोत हो। बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। यसमा आइरन, नियासिन, फोलेट, क्यालसियम, र जिङ्क भरपुर मात्रामा पाइन्छन्। बदाममा भिटामिन ‘ई’, भिटामिन ‘के’ र भिटामिन ‘बी ६’ पाइन्छ। यी तत्त्वहरूको फाइदा लिन प्रत्येक दिन राताे पत्रसहितकाे २० दाना बदाम खानुपर्छ।
बदामका फाइदाहरू–
प्रत्येक दिन केही बदाम खाने महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा रहन्छन्। बदामको प्रयोगले छाला र हाडलाई पनि फाइदा पुर्याउँछ।
बदामले पेटसम्बन्धी रोग निको पार्छ। यसको नियमित प्रयोगले ग्यास र एसिडिटीको समस्याबाट पनि मुक्ति पाउन सकिन्छ।
यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई पनि मजबुत बनाउँछ।
बदामको प्रयोगले कलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत गर्छ। नियमित सेवनले मुटुका रोगहरूबाट पनि टाढा रहन सकिन्छ।
गर्भवतीलाई पनि याे फाइदाजनक छ। यसले गर्भमा रहेको शिशुको विकासमा पनि मद्दत गर्छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै