नगर्नुस् यस्ताे खानपान, चाँडै बुढ्याैली लाग्ला
बुढ्यौली जैविक प्रक्रिया हो। तर अचेल मानिसहरू उमेर नपुग्दै बुढो देखिन्छन्। किनभने हाम्रो जीवनशैली अव्यवस्थित र खानपान स्वस्थकर छैन। खराब खानपानले पनि शरीरलाई जीर्ण र बुढो बनाउन सक्छ।
शरीरमा पर्याप्त मात्रामा पानीको अभाव र अस्वस्थ खाद्य पदार्थको सेवनको कारण उमेर ढल्केको जस्तो देखिन्छ। उचित मात्रामा पोषक तत्त्वको कमीका कारण पनि छालाको चमक हराउँदै जान्छ र समय नै नपुगी बुढ्यौली लाग्छ। यी खानपानले त झनै उमेरै नपुगी बुढ्यौलीतर्फ लैजान्छ। त्यसैले यसप्रकारका खानपान नगराैँ–
यस्ता पेयपदार्थ नगराैँ सेवन
जाडाेकाे तुलनामा गर्मी मौसममा चिसो पेयपदार्थहरू जस्तै, कोक, पेप्सी आदिको सेवन बढी मात्रामा हुने गरेको छ। यी पदार्थहरूमा चिनीको मात्रा बढी हुन्छ। यसको सेवनले एसिडिक हुन्छ, जसले दाँत खराब बनाउँछ। यसमा भएको सोडियमले शरीरमा पानीको मात्रालाई कम गर्दछ जुन ‘एजिङ स्किन’ को मुख्य कारक हो।
चिनी कम गराैँ
चिनी शरीरका लागि हानिकारक मानिन्छ। चिनीले छालाको कोशिकाहरू नष्ट गर्छ। साथै शरीरमा हुने कोलेजन र इलस्टिनलाई पनि नष्ट गर्छ। त्यसैले चिनी एकदमै कम सेवन गर्नुपर्छ।
मद्यपान नगराैँ
मद्यपान गर्नु कसैको लागि पनि राम्रो होइन। यसको सेवनले स्वास्थमा नकारात्मक असर पारिरहेकाे हुन्छ। यसले पनि मानिसलाई बढी उमेरकाे देखाउन भूमिका खेल्छ। त्यसैले मद्यपान स्वास्थ्यका लागि हानिकारक छ।
बेक्ड फुड नखाऔँ
बेक्ड फुडमा उच्च मात्रा सुगर र फ्याट हुन्छ जसका कारण शरीरको वजन बढ्न थाल्छ र दाँतलाई पनि असर गर्छ। यसमा भएको सुगरको कारण माइक्रोबाइम जस्ता समस्या हुन्छ। यसले उमेर बढ्ने प्रक्रिया बढ्न थाल्छ।
प्रोसेस्ड फुड हानिकारक
प्रोसेस्ड फुड शरीरको लागि हानिकारक हुन्छ । यी खानामा कम मात्रामा भिटामिन, मिनरल र एन्टिअक्साइडेट हुन्छ, जसले एजिङको प्रक्रिया बढाउँछ। समय नभई बुढ्यौलीतर्फ लैजान्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य