चिसाेबाट यसरी जाेगाउनुस् बालबालिकालाई
बिहान बेलुका असाध्यै चिसो बढेका यसबाट बालबालिकालाई कसरी जोगाउने भन्ने चिन्ता सबै अभिभावकलाई छ। काठमाडाैंजस्ताे शहरी क्षेत्रमा त चिसाेको समस्यालाइ धुलो र धुँवाले झनै जटिल बनाएकाे छ।
बिहान बेलुका कान छोप्ने गरी टोपी वा गलबन्दी बाँध्ने र सो समयमा बाहिर जान नदिने गरेर चिसो लाग्नबाट बचाउन सकिन्छ। रुघाखोकी लागिहालेमा धैर्य गर्नैपर्छ।
यदि अरु लक्षण केही छैन नाकबाट सिंगान बग्ने र खोकी मात्र छ भने डराउनु पर्दैन तर सावधान भने हुनुपर्छ। उत्तानो सुताउनाले नाकबाट सिंगान बगेर घाँटीमा जाने र झन् खोकी लाग्ने भएकाले कोल्टे सुताउनुपर्छ। विशेषगरी ज्वरो पनि छ भने पूर्ण रूपमा विश्राम गर्न लगाउनु र धुलोबाट जोगाउनु महत्त्वपूर्ण छ।
मनतातो पानी प्रशस्त पिउन दिनुपर्छ। नाक बन्द भएको छ भने उमालेको नूनपानी वा सलाइन पानी दुई थोपा राखेर खोल्न सकिञ्छ। घरेलु औषधि जस्तै अदुवा, तुलसीका पात, कागती र बेसार हालेर उमालेको पानी, ल्वाङ राखेर उमालेको पानी वा तुलसी र अदुवाको २\३ थोपा रस महसित खानाले छिटो सञ्चो हुन सहयोग पुग्छ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य