Health TV Online
Health TV Online

यी हुन् ढाड दुखाइका कारण, यसरी गर्नुस् उपचार

यी हुन् ढाड दुखाइका कारण, यसरी गर्नुस् उपचार

गलत तरिकाले बस्नु वा काम गर्नु ढाड दुखाइको प्रमुख कारण हो। शरीरको ‘पोस्चर’ नमिल्दा मांसपेशी खुम्चिन्छ, जसले गर्दा दुखाइ हुन्छ। मेरुदण्डको समस्या लिएर अस्पताल जानेमध्ये करिब ७० प्रतिशतमा ‘मेकानिकल ब्याक पेन’ हुन्छ।

कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या धेरै देखिएको छ। एउटै पोजिसनमा बस्दा पछिल्तिरको मांसपेशी बढी थाक्छ। अप्ठ्यारो गरेर बस्दा मांसपेशी दुखेर ढाडमा समस्या आउँछ, जुन ‘पोस्चुगल ब्याक पेन’ हो।

चोटपटकबाट मेरुदण्ड भाँचिनु, नसा च्यापिनु तथा जन्मजातै जोर्नीमा समस्या हुनुलगायत कारणले ढाड दुख्छ। चोटपटक लाग्दा र बसाई नमिल्नुजस्ता कारण हड्डीको बीचमा रहेको डिस्क बाहिर आउँछ। यसले गर्दा पछाडिको भागमा गएर नसा च्यापिन्छ।

मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत दुखाइ हुन्छ। उक्त संक्रमण ब्याक्टेरियल र टीबी आदिका कारण हुन्छ, जसले बिस्तारै हड्डीभित्र रहेको डिस्कलाई खाँदा दुखाइ हुन्छ।

ढाड दुखाइको अन्य प्रमुख कारण ट्युमर र क्यान्सर हो। शरीरको विभिन्न भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बस्छ । त्यस्तै, कतिपय अवस्थामा मेरुदण्डमै ट्युमर हुन सक्छ। यसलाई ‘मायलोमा’ भनिन्छ ।

उपचार

सर्वप्रथम के कारणले ढाड दुखेको हो त्यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ। सामान्य दुखाइ औषधिसेवनबाटै निको हुन्छ। त्यस्तै, फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ। संक्रमण, ट्युमर र क्यान्सरको उपचार शल्यक्रियाबाट हुन सक्छ।

थप समाचार