एन्टिबायोटिक औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
कीटाणु र ब्याक्टेरियाबाट हुन सक्ने संक्रमणबाट बच्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ । संक्रमणको किसिम र अवस्था हेरेर आदि विभिन्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ। बिरामीको जाँच गरेर मात्र दिइने गरिन्छ।
एउटै खालको संक्रमणका लागि पनि फरक किसिमको एन्टिबायोटिक औषधि आवश्यक पर्न सक्छ। सबै एन्टिबायोटिक सेवनका लागि उपयुक्त नहुन सक्छन्। त्यसैले चिकित्सकको सल्लाहविना कुनै पनि औषधि प्रयोग गर्नुहुँदैन।
एन्टिबायोटिक औषधि धेरै प्रकारका हुने भएकाले सम्बन्धित रोगको परीक्षणविना प्रयोग गर्नुहुँदैन।
धेरै प्रयोग गरेमा बिस्तारै औषधिले कामै नगर्न सक्छ। त्यसैले जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्नुहुँदैन।
कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोग घातक पनि हुनसक्छ। जस्तै, गर्भावस्थामा एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुँदैन।
गर्भमा रहेकाे शिशुलाई कुनै पनि एन्टिबायोटिक औषधिले असर गर्छ।
औषधि कति र कसरी सेवन गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ। औषधि किन्दा केसँग खाने भनेर थाहा हुनुपर्छ। सल्लाहविनै यस्ता औषधि सेवन गरेमा ‘साइड इफेक्ट’ गर्छ ।
सबै एन्टिबायोटिक औषधि सबैका लागि उपयुक्त नहुन सक्छन्। तसर्थ चिकित्सकको सल्लाहविना कुनै पनि औषधि प्रयोग गर्नुहुँदैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण