तनाव व्यवस्थापन गर्न अपनाउनुस् याे उपाय
जताततै प्रतिस्पर्धा छ। मेहेनत नगरे प्रतिस्पर्धामा खरो उत्रिन गाह्रो छ। यसकारण अधिकांश मानिस तनावमा रहने गर्छन्। स्वस्थ जीवनका लागि तनावमुक्त हुन आवश्यक छ। तनाव व्यवस्थापनका लागि विश्रामको अभ्यास गर्नुपर्छ।
सकेसम्म दिनहुँ एकपटक विश्रामको अभ्यास गर्नु उपयुक्त हुन्छ । केही समयपछि बिस्तारै फाइदा महशुस हुन थाल्छ। याे अभ्यासले शारीरिक, मानसिक र भावनात्मक आनन्द प्राप्त हुन्छ। तनाव कम गर्न सहयोग पुग्छ ।
कसरी गर्ने ?
बिछ्याैनामा उत्तानो परेर सुत्ने । आँखा चिम्लेर केही समय गहिरो लामो सास तान्ने र छोड्ने । त्यसपछि आफ्नो चेतनालाई खुट्टाको मांसपेशीतर्फ लैजाने।
बिस्तारै उक्त भागलाई कडा पार्ने। जति सकिन्छ, आफूलाई कडा पार्ने। त्यसपछि खुकुलो छाड्ने । मांसपेशीलाई खुकुलो पार्दै गर्दा तनाव हटेर आनन्दित भएको महशुस गर्ने।
यसरी बिस्तारै चेतना अन्य अंग लैजाने, कडा पार्ने र फेरि खुकुलो छाड्ने। क्रमशः खुट्टादेखि टाउकोसम्मको भागमा गर्दै जाने।
त्यसपछि, आनन्दले शवासनमा केहीबेर बस्ने। यसले स्वास्थलाई फाइदा गर्नुका साथै चेतनालाई पनि रूपान्तरण गर्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?