Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तनाव घटाउँछ फाइबरयुक्त खानेकुराले

तनाव घटाउँछ फाइबरयुक्त खानेकुराले

तपाईँ तनाव र चिन्ताले ग्रसित हुनुहुन्छ भने यसबाट मुक्ति पाउन फाइबरयुक्त खानेकुरा गर्नुस्। एक अध्ययन अनुसार प्रचूर मात्रामा फाइबरपाइने खानेकुराले मानिसको तनावको स्तर कम गर्छ ।

तनावको कारणले पेटमा कैयौं परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर गर्छ। ‘गट’ ब्याक्टेरियाले पैदा गर्ने ‘शर्ट चेन फ्याटी एसिड’ (एससीएफए) पेटका कोषहरूको लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले शर्ट चेन फ्याटी एसिडको उत्पादनलाई बढाउँछ।

शोधकर्ताहरुको भनाइअनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट मात्र नभएर पूरै शरीरमा बाधा उत्पन्न गराउँछ।

अध्ययनअनुसार खानपानमा पर्याप्त मात्रामा स्वस्थ र फाइबरयुक्त आहार लिएर तनावसँग सम्बन्धित समस्याबाट लड्न सकिन्छ।

दाल, गेडागुडी, फलफूल, ड्राइ फ्रुट्स, दूग्धजन्य पदार्थ र हरियो सागसब्जीमा फाइबरको मात्रा धेरै हुन्छ।

थप समाचार