तनाव घटाउँछ फाइबरयुक्त खानेकुराले
तपाईँ तनाव र चिन्ताले ग्रसित हुनुहुन्छ भने यसबाट मुक्ति पाउन फाइबरयुक्त खानेकुरा गर्नुस्। एक अध्ययन अनुसार प्रचूर मात्रामा फाइबरपाइने खानेकुराले मानिसको तनावको स्तर कम गर्छ ।
तनावको कारणले पेटमा कैयौं परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर गर्छ। ‘गट’ ब्याक्टेरियाले पैदा गर्ने ‘शर्ट चेन फ्याटी एसिड’ (एससीएफए) पेटका कोषहरूको लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले शर्ट चेन फ्याटी एसिडको उत्पादनलाई बढाउँछ।
शोधकर्ताहरुको भनाइअनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट मात्र नभएर पूरै शरीरमा बाधा उत्पन्न गराउँछ।
अध्ययनअनुसार खानपानमा पर्याप्त मात्रामा स्वस्थ र फाइबरयुक्त आहार लिएर तनावसँग सम्बन्धित समस्याबाट लड्न सकिन्छ।
दाल, गेडागुडी, फलफूल, ड्राइ फ्रुट्स, दूग्धजन्य पदार्थ र हरियो सागसब्जीमा फाइबरको मात्रा धेरै हुन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’