कसरी बच्ने ‘भिजन सिन्ड्रोम’बाट?
हिजोआज बालबालिकादेखि वृद्धवृद्धासम्मलाई भिजन सिन्ड्रोमको समस्या देखिने गरेको छ । अधिकांश समय मोबाइल, ल्यापटप, कम्प्युटर र टेलिभिजनसँग बित्ने गरेकाले यस्तो समस्या देखिने गरेको हो।
कम्प्युटरमा लामो समय लगातार काम गर्ने कर्मचारी, पत्रकारलगायतमा पनि आँखा पोल्ने र दुख्ने समस्या देखिन्छ । कम्प्युटर र मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने बालबालिकालाई पनि आँखा र टाउको दुख्ने समस्या निम्तिन्छ।
कम्प्युटरमा बढी नजिक बसेर गेम खेल्दा र हेर्दा आँखाको शक्तिको बढी प्रयोग हुन्छ । जसले गर्दा सानै उमेरमा पनि चश्मा लगाउनुपर्ने बाध्यता निम्तिन्छ।
यो समस्याबाट बच्न अनावश्यक रूपमा मोबाइल खेलाउने, कम्युटरमा बस्ने गर्नु हुँदैन। बालबालिकाको हातमा जथाभावी मोबाइल दिनुहुँदैन। कम्प्युटर धेरै समय बसेर काम गर्नेहरूले वेलावेला आँखालाई विश्राम दिनुपर्छ।
कम्प्युटरमा काम गर्नेहरूका लागि विशेष खालको चश्मा पाइन्छ। याे लगाएर काम गर्दा पनि समस्या कम हुन्छ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ