मुटुसम्बन्धी राेग लाग्न नदिन…
शरीर राम्ररी सञ्चालन हुन वा स्वस्थ हुन सबै अंग स्वस्थ हुनु आवश्यक छ। शरीरका सबै अंगमध्ये महत्त्वपूर्ण अंग हो, मुटु।
मुटुसम्बन्धी समस्या उत्पन्न हुने एक मात्र कारण कोलेस्ट्रोल हो। कलेजोद्वारा निर्मित बोसोयुक्त पदार्थ नै कोलेस्ट्रोल हो, जसले मुटुलाई काम गर्न अवरोध पुर्याउँछ। मुटु दुख्ने वा हृदयाघात समेत हुने सम्भावना हुन्छ।
मुटुसम्बन्धी समस्याका धेरै कारण हुन्छन् । रगत आपूर्ति बन्द हुनु, सुन्निनु र पोल्नुजस्ता समस्या उत्पन्न हुन्छ । कोलेस्ट्रोलको कारण मुटुमा ३० प्रतिशतमात्र समस्या हुन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रित गर्नुभन्दा मुटुसम्बन्धी अन्य कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ।
स्वस्थ जीवनशैली अपनाएर मुटुसम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ।
खानपान
स्वस्थ्यवर्द्धक खानपानले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ। फलफूल हरिया ताजा तरकारी र विभिन्न किसिमका अन्नले मुटु स्वस्थ बनाउँछ। खाना पकाउने तेल छनाेट गर्दा ध्यान दिनुपर्छ। तेलको प्रयोग पनि सही अनुपातमा हुनुपर्छ। तेलमा भिटामिन ए, डी, ई हुनु आवश्यक हुन्छ।
मुटु स्वस्थ राख्न चिनी र नुनको अधिक सेवनबाट बच्नु पर्छ। बोसोयुक्त खानेकुरा कम खानुपर्छ। मदिरा र सुर्तीजन्य पदार्थबाट टाढा रहनु पर्छ।
नियन्त्रित तौल
बढी वजनले मुटुसम्बन्धी समस्याहरु उत्पन्न गराउँछ। दिनहुँ नियमित व्यायाम गर्नाले मुटुसम्बन्धी रोग लाग्न पाउँदैन। स्वस्थ खाना र आवश्यक व्यायाम गर्नाले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ।
तनावमुक्त जीवन
तनाव नियन्त्रणमा राख्नका लागि ध्यान गर्नेलगायतका अभ्यासहरु गर्नु पर्छ । अनिद्रा वा कम निद्राका कारण मोटोपन, उच्च रक्तचाप, हृदयाघात, मधुमेह जस्ता रोग लाग्छन् । हरेक व्यक्तिले राति ७ देखि ८ घण्टा सुत्नु आवश्यक छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’