किन खाने जाडाेमा अदुवाकाे चिया?
जाडोमा शरीर न्यानाे बनाउन र स्फूर्ति प्राप्त गर्न सम्झिइने पेय पदार्थमध्ये एक हाे अदुवाकाे चिया। के फाइदा छन् त जाडाेमा अदुवा चियाकाे?
अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार सहज बनाउँछ। याे हृदयाघात र मुटुरोगीका लागि समेत गुणकारी छ ।
दैनिक अदुवा चिया पिउँदा तनाव कम हुन्छ । यसले शरीरलाई ऊर्जा दिन्छ ।
श्वासप्रश्वासको समस्याका लागि पनि अदुवाकाे चिया उपयोगी मानिन्छ।
अदुवाकाे चिया पिउँदा हड्डी तथा बाथरोगका बिरामीलाई आराम मिल्छ ।
यसले एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ र शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।
रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ।
यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ र शरीरलाई अत्यावश्यक ग्यास्ट्रिक रस उत्पादन गर्छ।
नियमित अदुवा मिसाइएकाे चिया सेवनले महिलाकाे महिनावारी गडबडीमा समेत सुधार ल्याउँछ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान