किन खाने जाडाेमा अदुवाकाे चिया?
जाडोमा शरीर न्यानाे बनाउन र स्फूर्ति प्राप्त गर्न सम्झिइने पेय पदार्थमध्ये एक हाे अदुवाकाे चिया। के फाइदा छन् त जाडाेमा अदुवा चियाकाे?
अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार सहज बनाउँछ। याे हृदयाघात र मुटुरोगीका लागि समेत गुणकारी छ ।
दैनिक अदुवा चिया पिउँदा तनाव कम हुन्छ । यसले शरीरलाई ऊर्जा दिन्छ ।
श्वासप्रश्वासको समस्याका लागि पनि अदुवाकाे चिया उपयोगी मानिन्छ।
अदुवाकाे चिया पिउँदा हड्डी तथा बाथरोगका बिरामीलाई आराम मिल्छ ।
यसले एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ र शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।
रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ।
यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ र शरीरलाई अत्यावश्यक ग्यास्ट्रिक रस उत्पादन गर्छ।
नियमित अदुवा मिसाइएकाे चिया सेवनले महिलाकाे महिनावारी गडबडीमा समेत सुधार ल्याउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण