कलेजाेमा समस्या : देखिन्छन् यस्ता लक्षण
कलेजोले ठिक ढंगले काम गरिरहेको छैन भने त्यसको संकेत देखापर्छ। कलेजोको समस्या देखिनुकाे मुख्य कारण कारण अस्वस्थ आहार, रक्सी र सुर्तिजन्य पदार्थ हो।
कलेजोमा धेरै रोग हुन सक्छन्, जसमा लिभर फेलर, लिभर क्यान्सर, लिभर एबसेस, फ्याटी लिभर, लिभर सिरोसिस प्रमुख छन्। कलेजाेमा समस्या आउँदा यस्ता लक्षण देखिन्छन्–
पेट बढ्नु र दुखाइ
कतिपय व्यक्तिको कलेजो सुन्निएको हुन्छ। यसले पेटको आकार स्वाभाविक भन्दा बढेको देखिन्छ। पेट बढेको छ र वेला वेला दुख्छ भने कलेजो सुन्निएको पनि हुनसक्छ।
पिसाबको रंग
कलेजो खराब भएको स्थितिमा पिसाबको रंग पिसाबको रंग गाढा देखिन्छ । यसैगरी जन्डिसमा जस्तै नङ एवं आँखाको भाग पहेँलो हुन्छ ।
स्वाद बिग्रिनु
कलेजोमा खराबी आए खाना खान मन लाग्दैन। यद्यपि ज्वरो नआएको अवस्थामा पनि खानेकुराको स्वाद फेरियो भने कलेजोमा केही समस्या छ भनेर बुझ्न सकिन्छ ।
अपच
खाए पनि राम्ररी पच्दैन । पेटमा ग्यास बढ्छ। यसका साथै छातीमा जलन र भारीपना पनि हुन्छ।
अत्यधिक थकान
अत्यधिक थकाइ लाग्नु, छाला रुखो हुनु र आँखाको आसपासमा कालो घेरा बन्नु पनि कजेलो खराब भएको संकेत हुनसक्छ। कलेजो खराब भएको वा कमजोर भएको स्थितिमा छाला क्षतिग्रस्त हुन्छ। साथै कपालको समस्या पनि देखापर्छ।
यस्ता लक्षण देखिए सही समयमा उपचार गर्न सकियो भने कलेजाेकाे राेगबाट उत्पन्न हुने खतराबाट बच्न सकिन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’