प्राेटिनकाे कमीले शरीरमा यस्ता समस्या
स्वस्थ शरीरका लागि कार्बोहाइड्रेड, भिटामिन, मिनरल्स र क्याल्सियमजस्तै प्रोटिन पनि अत्यावश्यक मानिन्छ।
शरीरमा प्रोटिन कम भएमा कपाल फुल्ने, कपाल झर्ने, टुक्रिने तथा नङ पातलो हुन्छ। प्रोटिनको कमीकै कैयौंलाई पटक पटक भोक लाग्ने समस्या देखा पर्छ। यसको कमीले व्यक्ति बारम्बार बिरामी समेत पर्ने गर्छ ।
प्रोटिन कम भएमा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ। शरीरमा विभिन्न रोगको संक्रमण हुन्छ भने घाउ पुरिन तथा रोग निको हुन समेत समय लाग्छ।
शरीरमा प्रोटिन कम भएमा रगतमा सुगरको मात्रा कम हुन्छ। यसका कारण रिस उठ्छ, तनाव उत्पन्न हुन्छ। शरीरले कमजोरी तथा थकान महसुश गर्न थाल्छ।
शरीरमा प्रोटिन कम भएमा रगतमा सेतो रक्तकोषिकाका साथै हेमोग्लोबिन समेत कम हुन्छ। रगतमा सेतो रक्तकोषिका तथा हेमोग्लोबिनको कम भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ।
शरीरमा प्रोटिन निकै कम भए जोर्नी समेत दुख्छ। जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत कमी आउनसक्छ।
कैयौँको मानसिक स्थितिमा समेत नकारात्मक असर पर्छ। तनाव र डिप्रेसनलगायतलक्षण देखा पर्छ।
यसको कमीकै कारण शरीरमा पर्याप्त मात्रामा इन्जाइमको निर्माण हुँदैन, जसका कारण पाचनप्रणाली समेत प्रभावित हुन्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?