चिसाेयाममा यसरी मिलाउनुस् खानेकुराकाे तालमेल
चिसोयाममा खानेकुराकाे तालमेल नमिल्दा विभिन्न खालका स्वास्थ्य समस्याले सताउँछ। चिसोबाट बच्नका लागि शरीरलाई प्रोटिन तथा विभिन्न खालका भिटामिनहरूको आवश्यक पर्छ। केही त्यस्ता खानेकुरा र फलफूल छन्, जसलाई नियमित खानालेचिसोबाट बच्न सकिन्छ।
फलफूलमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट हुने भएकाले चिसो मौसममा केही फलफूलले चिसोबाट बच्न सहयोग गर्छन्। सुन्तला, अमला तथा अनार जस्ता फलफूलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ,यी फलफूलले रगत सफा गर्नुका साथै टन्सिल जस्ता समस्याबाट जोगाउँछन्।
दूध तथा अण्डा अण्डा तथा दूध र दूधजन्य प्रदार्थमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। यसले गर्दा चिसो मौसममा शरीरलाई चिसोबाट बच्न सहयोग गर्छ। यस्तै, दूध तथा अण्डामा प्रचुर मात्रामा क्याल्सियम हुने हुँदा हड्डी बलियो बनाउन सहयोग गर्छ। प्रोटिनले शरीरमा तापक्रम बढाउनुका साथै छाला फुस्रो हुनबाट पनि जोगाउँछ।
बिहान उठेर अण्डा वा दूध खानु राम्रो मानिन्छ तर अण्डा र दूध एकै पटक खानु शरीरका लागि घातक हुन्छ। यस्तै गाँजरमा भिटामिनका साथै शरीरमा रोगसँग लड्न सक्ने एन्टिअक्सिडेन्ट तत्त्व हुन्छ। यसको सेवनले छालालाई फुस्रो हुन तथा चाउरिनबाट जोगाउँछ। भिटामिनले चिसोबाट लाग्न सक्ने रुघा, खोकी, टन्सिल जस्ता संक्रमण हुनबाट जोगाउँछ।
यसैगरी खानामा सागको मात्रा प्रशस्त हुनु जरुरी छ। यसमा पाइने भिटामिनले सुख्खा छाला तथा आँखालाई राम्रो राख्न सघाउ पुग्छ। शरीरमा विभिन्न खालका भिटामिन तथा आइरनहरूको परिपूर्ति हुने हुँदा यस्ता सागसब्जीले छालालाई खस्रो हुनबाट जोगाउँछ।
यस्तै केही त्यस्ता मसलाहरू छन्, जो नियमित रूपमा खानु जाडो मौसममा शरीरका लागि फाइदाजनक हुन्छ। जाडाेमा अदुवा, दालचिनी, मरिच, टिम्मुर, मेथी, तिल खानु राम्रो हुन्छ। मेथीमा पोटासियम र आइरन हुन्छ, जसले मुटुरोगीलाई फाइदा पुर्याउँछ।
अदुवामा जिन्जेरोल्स तत्त्व हुने भएकाले यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गराउँछ। चिसो मौसममा नियमित रूपमा बदाम खानु पनि राम्रो हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण