मुटु स्वस्थ राख्ने उपाय
स्वस्थ जीवनशैली अपनाएर मुटुसम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ। त्यसैले मुटु स्वस्थ राख्न के गर्ने भन्ने बारेमा जानकारी राख्नु आवश्यक छ। स्वस्थ खाना र आवश्यक व्यायाम गर्नाले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ।
राम्रो खानपान
स्वस्थ्यवर्धक खानपानले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ। फलफूल, तरकारी र विभिन्न किसिमका अन्नको सेवन गर्नाले मुटुलाई फाइदा पुग्छ। मुटु स्वस्थ राख्न अधिक नुन र चिनी सेवनबाट बच्नु पर्छ । बोसोयुक्त खानेकुराको सेवन सीमित पार्नुपर्छ।
खाना पकाउँदा प्रयाेग भएकाे तेलले पनि मुटुराेगलाई बढावा दिन्छ। त्यसैले तेल छनोट गर्दा ध्यान दिनुपर्छ। तेलको प्रयोग पनि सही अनुपातमा हुनु आवश्यक छ । तेलमा भिटामिन ए, डी, ई हुनु आवश्यक हुन्छ। मद्यपान र धूमपानबाट टाढै रहनुपर्छ।
नियन्त्रित तौल
बढी वजन हुनु वा कम्मर वरपरको भागमा अतिरिक्त बोसो जम्नु राम्राे हाेइन। यसले मुटुसम्बन्धी समस्या उत्पन्न गराउँछ । दिनहुँ नियमित व्यायाम गर्नाले मुटुसम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ।
तनावमुक्त र पर्याप्त निद्रा
तनाव नियन्त्रणमा राख्नका लागि ध्यान गर्ने, तनावमुक्त हुने किसिमका अभ्यास गर्नुपर्छ। यदि निद्रा लाग्दैन भने त्यसको कारणले मोटोपन, उच्च रक्तचाप, हृदयाघात, मधुमेह जस्ता रोग लाग्छन्। वयस्क व्यक्तिले, राति ७ देखि ८ घण्टा सुत्नु आवश्यक छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य