के हो प्याप स्मेयर टेस्ट?
प्याप स्मेयर टेस्ट महिलाहरुको पाठेघरको मुखमा गरिने विशेष किसिमको जाँच हो। यो जाँच पाठेघरको मुखमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउन गरिन्छ ।
चिकित्सकहरू ४० वर्ष उमेर कटेका महिलालाई प्याप स्मेयर टेष्ट (प्याप टेस्ट) गर्न सल्लाह दिन्छन्। वर्षमा कम्तीमा एक पटक प्याप स्मेयर टेस्ट गरे पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिने बताइन्छ।
प्याप स्मेयर टेस्टमा महिलाको योनिबाट कोषिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइन्छ। महिलाको पाठेघरको मुखमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउन यो टेस्ट गरिन्छ । त्यस्तै, यौन रोगको संक्रमण छ कि छैन भनेर तथा यौन सम्पर्कबाट सर्ने रोगबारे पत्ता लगाउन पनि यो परीक्षण गरिन्छ।
यो टेस्टले क्यान्सर हुनुअगावै पाठेघरको मुखमा रहेको असामान्य कोषिका पत्ता लगाउन मद्दत गर्ने बताइन्छ। त्यसैले क्यान्सरको जोखिम कम गर्न पनि चिकित्सकहरू प्याप स्मेयर टेष्ट गर्न सल्लाह दिने गर्दछन्।
त्यसबाहेक, ६५ वर्ष उमेर पारे गरेका महिलाको पाठेघर निकालेको छ भने, उनीहरूको सामान्य प्याप स्मेयर टेस्ट भएको छ भने पनि त्यस्ता महिलामा प्याप स्मेयर गर्न जरुरी रहेकाे बताइन्छ।
त्यसबाहेक २१ देखि ६५ वर्ष उमेरका महिला तथा २१ देखि २९ वर्ष उमेरका महिलाले पनि प्रत्येक तीन वर्षमा प्याप स्मेयर टेस्ट गर्न जरुरी रहेकाे चिकित्सक बताउँछन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य