हरियाे खुर्सानी खाँदा हुने फाइदा
भनिन्छ खुर्सानी धेरै खानु हुँदैन। यसले शरीर नकारात्मक असर पुर्याउँछ। तर विभिन्न अध्ययनले खुर्सानीका थुप्रै फाइदा देखाएका छन्।
परिमाण मिलाएर खान जाने हो भने खुर्सानी स्वास्थ्यका लागि फाइदाजनक रहेको ती अध्ययनको निष्कर्ष छ। रातो वा सुकेको भन्दा पनि हरियो खुर्सानी सेवनका धेरै फाइदा छन्।
हरियो खुर्सानीले रोग प्रतिरोधी क्षमता बढाउँछ र शरीरमा स्फुर्ति पैदा गर्छ।
यसले शरीरमा उष्णता उत्पन्न गराउने हुँदा कुनै पनि प्रकारका दुखाइमा कमी आउँछ। घाउबाट हुने रक्तश्राव रोक्न सघाउँछ।
हरियो खुर्सानीले शरीरलाई आवश्यक भिटामिन सी’को पूर्ति गर्छ। नाकको रक्तसञ्चारलाई सहज बनाई रुघा, पिनासबाट जोगाउँछ।
हरियो खुर्सानीले इन्डोर्फिन रसायन उत्पन्न गराई इन्जाइम बढाउँछ। यसका काण मानिसको परिवर्तित भइरहने स्वभावमाथि नियन्त्रण गर्छ। यसले शरीरमा ब्लड सुगरको मात्रालाई सन्तुलनमा राख्न मद्दत पुर्याउँछ।
शरीरमा आइरनको पूर्ति गर्नुका साथै आँखा पनि तेजिलो बनाउन सहयोग पुग्छ। छालासँग सम्बन्धित संक्रमण रोक्न सहयोग पुर्याउँछ।
हरियो खुर्सानीमा पर्याप्त मात्रामा बेटा क्यारोटिन एन्टिअक्सिडेन्ट हुने भएकाले मुटुसम्बन्धी प्रणालीलाई चुस्त राख्छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य