तामाकाे भाँडामा राखेकाे पानी पिउँदा यस्ता फाइदा
आयुर्वेदले बिहान सबेरै तामाको भाँडामा राखिएको पानी पिउन निर्देश गरेको छ। विभिन्न अध्ययनबाट पनि तामाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने पत्ता लागेको छ।
तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न सहयोग गर्छ। हरेक दिन बिहान खाली पेटमा यस्तो पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
यस्तो पानी तामाको भाँडामा कम्तीमा पनि आठ घण्टा राखिएको हुनुपर्छ। तामाको भाँडामा राखेको पानी पिउँदा हुने फाइदाहरू–
तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा कपर पाइन्छ जसलाई पिउँदा शरीरमा रगतको कमी हुँदैन।
तामाको भाँडामा राखिएको पानीमा युरिक एसिड पाइने हुँदा नियमित पिउनाले जोर्नीको दुखाइ कम गर्न सहयोग पुर्याउँछ।
यसले शरीरका विषाक्त पदार्थलाई बाहिर पठाउन मद्दत गर्छ। फलस्वरूप तौल बढ्न पाउँदैन।
तामाको भाँडामा राखिएको पानी पिउँदा कोलेस्ट्रल बढ्दैन र मुटुरोग हुनबाट बचाउँछ।
तामाको भाँडोमा राखिएको पानीमा विद्यमान कपरले थाइराइड हर्मोनलाई सन्तुलनमा राख्छ, जसले थाइराइडको समस्या हुन दिँदैन।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?