Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के हो अनिद्रा? समाधान कसरी?

के हो अनिद्रा? समाधान कसरी?

सामान्यतया अनिद्रा भनेको रातमा निदाउन कठिन हुने अवस्था हो। निदाइसकेपछि पनि बीच बीचमा निद्रा टुट्ने र बिहान निकै छिटो आँखा खुल्ने र फेरि निदाउन गाह्रो पर्ने अवस्था अनिद्रा हो।

मान्छे र उमेर समूहअनुसार निद्राको मात्रा फरक फरक हुन्छ। कसैलाई ५\६ घण्टा निदाए पनि पुग्छने भने काेहीलाई ७\८ घण्टा नै सुत्नुपर्छ। सामान्यतया २४ घण्टामा ७ देखि ९ घण्टासम्म निदाउन आवश्यक हुन्छ हुन्छ।

अनिद्रा आफैँमा रोग नभई विभिन्न शारीरिक तथा मानसिक रोगका लक्षण हो। कतिपय अवस्थामा अन्य कुनै समस्या नभई अनिद्राको मात्रै समस्या पनि हुन्छ। तनाव, क्षणिक उत्तेजना, भय, शारीरिक तथा मानसिक तनाव आदि कारणले अनिद्राको समस्या निम्तिन्छ।

अनिद्रा– डिप्रेसन, एन्जाइटी लगायत अन्य मनोवैज्ञानिक रोगको शुरुवाती अवस्था पनि हो। त्यसबाहके रोग, चिन्ता, दुखाई, डर आदीका कारण पनि निद्रा नलाग्ने समस्या हुन्छ।

समाधान 

अनिद्राको समस्याबाट मुक्त हुन सकेसम्म एउटै समयमा सुत्नुपर्छ। कुनै दिन निद्रा नलगेको अवस्थामा बिहान अवेरसम्म सुत्नु हुँदैन। समयमै सुत्ने बानी गरे कुनै दिन निद्रा परेन भने पनि अर्को दिनदेखि नियमित निद्रा पर्न थाल्छ ।

सुत्ने वेलामा कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन। राति अबेरसम्म टीभी हर्ने, इन्टरनेट, सामाजिक सञ्जाल चलाउने बानीले पनि अनिद्राको समस्या पैदा हुन्छ।

दैनिक रूपमा शारीरिक व्यायाम गर्नुपर्छ। योग, ध्यान, प्राणायामले पनि अनिद्राको समस्या समाधान गर्छ।  रातको समयमा हल्का  भोजन गर्नुपर्छ, भोकै भने सुत्नु हुँदैन। पेट भोको भयो भने पनि निद्रा लाग्दैन।

औषधिको प्रयोग 

तत्कालको लागि अनिद्राको समस्या समधान गर्न कतिपयले औषधीको सहारा लिन्छन्। यसो गर्नु राम्रो होइन । औषधीको नियमित सेवनले औषधिविना निद्रै नलाग्ने अर्को समस्या निम्त्याउँछ। शारीरिक, मानसिक समस्या अनुभव भए मनोचिकित्सकसँग सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्छ ।

थप समाचार