युरिक एसिड बढ्नुको कारण र नियन्त्रणमा राख्ने उपाय
युरिक एसिड बढ्नुको मुख्य कारण हो, खानपान र परिवर्तत जीवनशैली।
रातो मासु, सी फड, दाल, राजमा, टमाटर, बन्दा, मटर, पनिर र भिण्डीलगायतका कारण पनि शरीरमा युरिक एसिड बढ्छ।
खानाको रूपमा सेवन गरिने प्रोटिनले पनि शरीरमा युरिक एसिडको मात्रा बढाउँछ।
मधुमेह रोगीले सेवन गर्ने औषधीका कारण पनि यूरिक एसिड बढ्नसक्छ। उच्च रक्तचाप घटाउन सेवन गरिने औषधि, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधिले पनि युरिक एसिडको मात्रा बढ्छ।
यस्तै, शरीरमा आइरनको मात्रा बढेमा, मोटोपना भएमा थाइराइडको समस्या भएमा, मिर्गौला खराब भएमा, वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि युरिक एसिड बढ्छ।
के हुन्छ?
शरीरको सानासाना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ। राति सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाइ अनुभव हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ। युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ। याे रोगले शरीरको ससाना जोर्नीमा असर गर्छ। जोर्नीमा पीडा महशुस हुन्छ।
नियन्त्रण कसरी ?
पर्याप्त पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने। यसलेबढी भन्दा बढी युरिक एसिड पिसाबबाट बाहिर निस्कन्छ।
खानपानमा सतर्कता अपनाउने। प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन।
रातो मासु, कलेजो र गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ।
हरेक दिन खाने भोजनमा भिटामिन सीकाे मात्र बढी हुनुपर्छ।
स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ। नियमित व्यायाम गर्नुपर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य