नाक–कान–घाँटीको क्यान्सर र राेकथाम
अचेल कतिपय मानिसमा युवाअवस्थामै नाक–कान–घाँटीको क्यान्सर देखिएको छ। यसको मुख्य कारण अत्यधिक धूमपान र मद्यपान हो । चुरोट, बिँडी, तमाखु, गुट्खा, पान–पराग र मदिरा आदि सेवनले नाक, कान र घाँटीमा संक्रमण गराउँछ।
वातावरणीय प्रदूषण पनि नाक-कान-घाँटीको क्यान्सरको कारण हो। विकिरणले गर्दा पनि क्यान्सर हुन्छ । विकिरणयुक्त क्षेत्र तथा प्रयोगशालामा काम गर्ने मानिसलाई यो प्रकारको क्यान्सरकाे सम्भावना हुन्छ।
वंशाणुगत गुणका कारण पनि नाक-कान-घाँटीको क्यान्सर हुने जोखिम रहन्छ । क्यान्सर गराउने खाद्यवस्तुको सेवनले पनि यो समस्या उत्पनन हुन्छ। धेरै पिरो तथा पोलेको खानेकुरा बढी खाएमा यस्तो किसिमको क्यान्सरको सम्भावना हुन्छ ।
लक्षण
मुखमा घाउ आएर लामो समयसम्म निको नहुनु तथा मुखभित्र सेतो दाग वा धब्बा आएर मुखमा क्यान्सर हुन सक्छ। मुखमा घाउ आएर लामो समयसम्म निको नहुने र दाँतले बारम्बार छाेएर केही समयपछि संक्रमण हुन्छ। अन्त्यमा क्यान्सर हुन्रछ।
घाँटीको क्यान्सर भएमा आवाज धोद्रो हुने, सास फेर्न र खाना निल्न असहज हुने तथा सुन्निनेजस्ता लक्षण देखिन्छन् । कानमा संक्रमण भएमा रगत बग्ने तथा कान नसुन्ने समस्या हुन्छ।
धुलो–धुवाँ र विभिन्न किसिमका प्रदूषणले नाकमा समस्या हुन सक्छ। खासगरी लामो समयसम्म काठको काम गर्ने मानिसमा धुलो नाकमा पस्ने सम्भावना हुन्छ । जसका कारण संक्रमण भई क्यान्सर हुन्छ।
बच्ने तरिका
धूमपान, मद्यपान र धुवाँ–धुलोबाट बच्नुपर्छ । त्यस्तै, पिरो र पोलेको खानेकुरा बढी सेवन गर्नुहुँदैन। नाक, कान र घाँटीमा घाउ भएमा तुरुन्त उपचार गर्नुपर्छ ।
उपचार
क्यान्सरका विभिन्न चरण हुन्छन् । लक्षण देखिनासाथ सुरुवातीको चरणमै उपचार गर्न सकेमा जटिल क्यान्सर हुनबाट बच्न सकिन्छ ।
क्यान्सर भइहाले सर्जरी, रेडियोथेरापी र किमोथेरापी पद्धतिबाट उपचार गर्न सकिन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य