पुरुषहरूलाई हुने क्यान्सर : यसरी बढ्छ जाेखिम
मुख फोक्सो, प्रोस्टेट पेट आन्द्रा र छालाको क्यान्सर प्रायजसो पुरुषहरुमा हुने क्यान्सरहरू हुन् । मुखको ल्युकोप्लाकिया हुनुभन्दा अगाडिको अवस्था हो। यी क्यान्सरहरूको जोखिम बढ्दो उमेरसँगै बढ्छ।
क्यान्सर हुने प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। फोक्सोको क्यान्सर प्रायजसो धूमपान गर्नेहरूलाई हुन्छ। त्यसैगरी स्वरयन्त्र खानेनली मृगौला मूत्रथैली र पेटको क्यान्सर हुने जोखिम पनि धूमपानसँगै बढ्छ।
सुर्तीजन्य पदार्थ चपाउनु पनि उत्तिकै हानिकारक हुन्छ।यो मुखको क्यान्सर निम्त्याउने प्रमूख कारक तत्त्व हो। त्यस्तैगरी वातावरणीय र आन्तरिक वायु प्रदूषण, कलकारखानाबाट हुने प्रदूषण र अरुले गरेको चुराेट, बिँडी र तमाखुको धुवाँले पनि क्यान्सर हुन सक्ने जोखिमलाई बढाउँछ।
अस्वस्थकर खानपिन गर्ने बानी जस्तै बोसोयुक्त खाना खाने बानी आदिले विभिन्न किसिमको क्यान्सर हुने जोखिमलाई बढाउँछ।
यीमध्ये कुनै लक्षण देखिए तुरुन्तै चिकित्सककहाँ जँचाउन जानुहोस्–
मुखमा कुनै घाउ वा सुजन हुनु
घाँटीमा ग्लान आउनु
खोक्दा रगत आउनु
दिसा गने बानीमा परिवर्तन आउनु
खान मन नलाग्नु र तौल घट्नु
समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी राम्रो किसिमले उपचार गर्न मद्दत गर्दछ।
नसर्ने रोगहरू : एक जानकारी पुस्तिकाबाट




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य