Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के हो मस्तिष्काघात ? कसरी हुन्छ?

के हो मस्तिष्काघात ? कसरी हुन्छ?

मस्तिष्कघात एउटा यस्तो कमजोरी (जस्तै पक्षघात) अचानक विकास हुनु हो जुन मस्तिष्कको विशेष भागहरूमा रगतको प्रवाहमा बाधा पर्नाले हुन्छ। यो बाधा या त रक्तनलीमा अवरोध उत्पन्न हुनाले वा रक्तश्रावको कारणले हुने गर्छ(जस्तै पक्षघात)।

हृदयाघात मुटुका रक्तनलीमा रगतको थेग्रो जम्न गई रक्तनली पूर्णरूपले बन्द हुनाले हुन्छ। यो अवस्था विशेषगरी मुटुको धड्कनमा हुने गडबडीका कारण हुन्छ। जस्तै आर्टियल फाइबरिलेसन)

रक्तनली फुट्नुका कारण मस्तिष्कमा रगत जम्छ र सुन्निन थाल्छ। जमेको रगतले मस्तिष्कका प्रमुख भागहरूलाई थिच्छ। उच्च रक्तचाप, मुटुको धड्कनमा हुुने गडबडी, रगतमा बढी चिल्लोपन र मधुमेह जस्ता रोगहरूले हृदयाघात हुनाले जोखिमलाई बढावा दिन्छ। त्यस्तै गरी धूमपान गर्नु पनि यो रोगको एउटा प्रमुख कारक तत्त्व हो।

अनियन्त्रित उच्च रक्तचापका कारण मस्तिष्कभित्र रक्तनली फुट्न गई रक्तश्राव हुन सक्छ। यसबाहेक अन्य कारक तत्त्वहरूमा– टाउकोमा चोट लाग्नु, साधारण तरिकाबाट रगत जम्ने प्रवृत्तिलाई कम गर्ने खालका औषधि सेवन गर्नु, मस्तिष्कका रक्तनलीहरूको संरचात्मक त्रुटि आदि हुन्।

मस्तिष्कका विभिन्न भागले शरीरका विभिन्न अंगहरूको नियन्त्रण गर्ने हुनाले विशेष लक्षणहरुले मस्तिष्कको कुन भागमा असर परेको छ भन्ने कुराको निर्धारण गर्छ।

सामान्यतया देखापर्ने लक्षण

अचानक गम्भीर रूपमा टाउको दुख्ने,

अचानक कमजोरी महशुस गर्ने र शरीरको कुनै अङ्ग जस्तै पाखुरा वा खुटृा वा शरीरको पुरै एक भाग (जस्तै शरीरको पुरै दाहिने वा देब्रे भाग) चलाउन नसक्ने,

मुखको एक भाग एकातिर बांगिने,

बोल्न नसक्ने,

र, दिसा पिसाबमा नियन्त्रण नहुने।

मस्तिष्काघात एउटा आपतकालीन रूपमा उपचार गर्नुपर्ने अवस्था हो। यस्तो अवस्थामा बिरामीलाई तुरुन्तै अस्पताल लग्नुपर्छ र जतिसक्दो चाँडो उपचार शुरु गरिहाल्नु पर्छ।

यो रोग बिस्तारै निको हुने भएकाले लामो समय लाग्छ र सो अवधिमा बिरामीलाई विभिन्न जटिलता जस्तै संक्रमण (निमोनिया) बाट बचाउन सकिन्छ।

सञ्चो भइरहेको समयमा बिरामीको पोषणमा पनि विशेष ध्यान दिनुपर्छ।

मस्तिष्काघातको रोकथाम र व्यवस्थापन 

आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्।

नियमित शारीरिक व्यायाम गर्ने।

धूमपान नगर्ने।

उच्च रक्तचाप, मधुमेह, उच्च कालेस्टेरोल र मुटुसम्बन्धी समस्याको जाँच गराउनुहोस्। यदि यसमध्ये कुनै समस्या भएमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुहोस्।

मस्तिष्काघात भएको बिरामीको हेरविचार कसरी गर्ने भन्ने बारेमा स्याहारसुसार गर्ने व्यक्तिले चिकित्सकसँग सल्लाह लिनुपर्छ। यसका साथै उनीहरूले तुरुन्तै औषधि उपचार आवश्यक पर्ने खतराका चिह्नहरूबारे पनि थाहा पाउनु पर्छ (जस्तै श्वास फेर्न गाह्रो हुनु आदि)।

(नसर्ने राेगहरू :एक जानकारी पुस्तिकाबाट)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार