बच्चा अपहरण गर्न लागेको शङ्कामा गर्भवती महिलामाथि कुटपिट
भारतको राजधानी दिल्लीमा बच्चा अपहरण गरेको शङ्का गर्दै मानिसहरूले एउटी गर्भवती महिलामाथि कुटपिट गरेका छन्।
प्रहरीका अनुसार कुटपिट गरिएकी ती २५ वर्षीया महिलाको अवस्था अहिले स्थिर छ। उनलाई कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
बालबालिका अपहरण गरिएको हल्लाका आधारमा दिल्ली र त्यस वरपरका राज्यहरूमा यस्ता घटना पहिले पनि हुने गरेका थिए।
गत वर्ष पनि बालबालिका अपहरणको यस्तै हल्लाका कारण भौतिक आक्रमण गरिँदा केही व्यक्तिको मृत्यु भएको थियो।
बीबीसीबाट :









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान