किन कम खाने नुन?
मानव शरीरका लागि नुन अत्यावश्यक पदार्थ हो। यसले हाम्रो शरीरमा सोडियमको मात्रा कायम राख्छ। मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्त्वले विशेष भूमिका खेल्छ तर, अत्यधिक नुन खाए शरीरमा नकारात्मक असर पार्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दिन पाँच ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
आवश्यकभन्दा बढी सोडियमले हृदयरोग पनि निम्त्याउँछ। शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या हुन्छ।
बढी नुन सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ। शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ।
खानेकुरामा प्रयोग गरिने सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ। बुढेसकालमा सोच्ने शक्तिमा समेत
ह्रास ल्याउँछ।
प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटकाे क्यान्सर हुने सम्भावना हुन्छ। उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्यपदार्थले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ, जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण