गुलियाेले मात्र हुने हाेइन मधुमेह, अरू पनि छन् कारण
नेपाली समाजमा मधुमेहलाई चिनीरोग पनि भनिन्छ। मधुमेह हुन नदिन चिनी कम खानुपर्ने बताइन्छ। मधुमेहका रोगीलाई सुगर फ्री वस्तु खान सिफारिस गरिन्छ। मधुमेह हुनुमा गुलियाे पदार्थकाे सेवन मात्र कारण हाेइन, अरू पनि छन् कारण–
निन्द्रा पूरा नहुनु
हामी कामका कारण पर्याप्त निन्द्रा लिदैनौँ। राति अबेर सुत्ने, बिहान चाँडै उठ्ने बानी पनि कतिपयको हुन्छ। तर, पर्याप्त निन्द्रा पुगेन भने विभिन्न रोग लाग्न सक्छ। त्यसमध्ये मधुमेह पनि एक हो।
कम पानी पिउनु
दिनमा कम्तीमा ८ देखि १० गिलास पानी पिउनुपर्छ। तर, पानीको मात्रा पुगेन भने शरीरमा ब्लड सुगरको मात्रा बढ्छ।
राति अबेर खानु
राति अबेर खाना खाने गर्दा शरीरको तौल बढ्छ। यसले ब्लड सुगर लेभल असन्तुलित हुन्छ।
मोटोपन नियन्त्रणमा चासाे नदिनु
जसको शरीरको तौल बढी हुन्छ, उनीहरूले मोटोपन नियन्त्रणका लागि कुनै पहल गरेनन् भने मधुमेहले समाउन सक्छ।
व्यायाम नगर्नु
निष्क्रिय जीवनशैलीले शरीरलाई रोगको भण्डार बनाउँछ। त्यसमध्ये मधुमेह पनि एक हाे। निराेगिताका लागि जीवन सक्रिय हुनुपर्छ। यसका लागि नियमित व्यायाम आवश्यक हुन्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड