Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रक्तदान गर्दै हुनुहुन्छ? विचार पुर्याउनुस् यी कुरा

रक्तदान गर्दै हुनुहुन्छ? विचार पुर्याउनुस् यी कुरा

रक्तदान जीवनदान भनिन्छ। तर कस्ता व्यक्तिले हुन्छ, कसले गर्नुहुँदैन वा कस्ताे वेलामा रक्तदान गर्नुहुन्छ, कुन वेला हुँदैन भन्ने पनि बुझ्न आवश्यक छ।

१८ देखि ६० वर्षसम्मका मानिसलाई रक्तदान उमेर समूहमा राखिएकाे छ। रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुन आवश्यक छ।

रक्तदान गर्ने व्यक्तिमा  जन्डिस, मलेरिया, मधुमेह, क्षयरोग, एड्सजस्ता राेग लागेकाे हुनुहुँदैन। साथै यौनरोग लागेकाले पनि अरूलाई रगत दिनुहुँदैन।

अरूलाई रगत दिने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन।

मदिरा पिएको २४ घण्टाभित्र रगत दिनुहुँदैन।  लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि अरूलाई रगत दिनुहुँदैन।

रक्तदान गर्नुभन्दा तीन घण्टाअघि पोषिलो खाना सेवन गर्नुपर्छ । रक्तदानपछि जुस पिउनु उत्तम हुन्छ।

रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ। गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको वेलामा पनि रक्तदान गर्नुहुँदैन।

एजेन्सीकाे सहयाेगमा ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार