Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पुस्तक पढ्नुहोस्, तनावमुक्त हुनुहोस्

पुस्तक पढ्नुहोस्, तनावमुक्त हुनुहोस्

बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ। पुस्तक कसरी मानसिक सन्तुलन कायम राख्न उपयोगी हुन्छ त ? तनाव बिर्सन पुस्तकले अरू चिजले भन्दा बढी सघाउँछ।

बीबीसीले बिब्लियोथेरपिस्टहरू अर्थात् किताबको सहयोगले मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग गर्नेहरूबीच चलाएको छलफलबाट आएका मुख्य सुझाव यस्ता छन्

तनावमुक्ति र फुर्ति
उचित कथा पढ्न सकियो भने हामीलाई त्यसले फेरि फुर्तिलो बनाउँछ र संसारलाई हेर्ने नयाँ दृष्टिकोण पनि दिन्छ। यसले तनाव कम गर्न निकै सहयोग गर्ने गरेको पाइएको छ । किताब अन्य कुनै पनि कलाभन्दा बलियो हुन्छ ।

चलचित्र वा टीभीमा चित्रहरू देखाइन्छ तर पुस्तकमा त्यो आफैँले कल्पना गर्नुपर्छ, त्यसैले यो धेरै नै शक्तिशाली हुन्छ।  कथा उपन्यासमा संरचनागत कथा हुने भएकोले लथालिङ्ग सोचलाई यसले लयमा ल्याउन सहयोग गर्छ। चर्चित लेखिका जेसी बर्टन भन्छिन् समस्या परेको बेला उनलाई सीजे सान्सनको शार्ड्लेक पढ्न मन पर्छ।

केही वर्षअगाडि आफ्नो पहिलो उपन्यास द मिनिआचुरिस्टु अत्यधिक रूपमा सफल हुँदा उनलाई ज्यादै व्यग्रता भएको थियो। त्यतिबेला मनलाई शान्त राख्न उनले सान्सनलाई रोजिन्।युवा पाठकहरूको सन्दर्भमा पुस्तकले विश्वभरि छलफल भइरहेको युवा मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

उपन्यासहरूले युवाहरूलाई दैनिक जीवनमा भोग्नुपर्ने विषयबारे पहिला नै जानकारी दिन सक्छ। त्यसमा उत्पीडन, लागुपदार्थ वा सामाजिक विभेदका कुरा हुन सक्छन्। बर्ट्हाउड भन्छिन् कतिपय उपन्यासले युवाहरूलाई जीवनमा आउन सक्ने कुराबारे सचेत पनि गराउन सक्छ।

बीबीसीबाट

थप समाचार