Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के पानीपुरी खानु साँच्चिकै हानिकारक छ?

के पानीपुरी खानु साँच्चिकै हानिकारक छ?

आँटा वा सुजी मिलाएर तेलमा पकाएर बनाइन्छ, पानीपुरी। पुक्क फुलेको सानो गोलाकार रोटीमा एकातिर सानो प्वाल बनाइन्छ। त्यसमा आलु, प्याज, धनियाँ लगायत मसलाको मिश्रण राखिन्छ। त्यसपछि इमलीपानी वा कागतीपानी हालेर खान सकिन्छ ।

यस किसिमको पानीपुरी भारतको बनारसबाट शुरु भएको बताइन्छ। भारतमा पानीपुरी निकै रुचाइन्छ। अचेल नेपालका हरेक शहरमा पुगिसकेको छ, पानीपुरी।

पानीपुरी किन अस्वस्थ्यकर?

पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले स्वास्थ्यलाई हानि गर्दैन। तर बजारमा उपलब्ध पानीपुरी हानिकारक हुन्छ। किनकी सडकमा पानीपुरी बनाउने तरिका स्वस्थ्यकर हुँदेनन्।

पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इमली बनाउने सबै काम अस्वस्थ्यकर ढंगले गरिन्छ। पानीपुरीमा हानिकारक मिसावट पनि गरिन्छ।

पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अस्वस्थ्यकर हुन्छ। धनिया, पुदिना, चटनीमा कृत्रिम रंग मिसाएको हुन्छ। पुरीभित्र हाल्न सडेगलेको खानेकुरा प्रयोग गरिन्छ। अमिलो पानीमा मोबिल, ट्वाइलेट सफा गर्ने हार्पिकजस्ता पदार्थ पनि मिसाइएको पाइन्छ।

अस्वस्थकर हुने हुँदा भारत र नेपालका कतिपय स्थानमा पानीपुरी बेच्न रोक लगाइएको छ। अस्वस्थकर पानीपुरी खाँदा त्यसले आन्द्राको क्यान्सर गराउने सम्भावना गराउने चिकित्सकहरू बताउँछन्।

पानीपुरी घरमै बनाएर स्वस्थ्यकर ढंगले सेवन गर्न सकिन्छ। यसो गर्दा स्वास्थ्य बिग्रेला भन्ने चिन्ता पनि गर्नुपर्दैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार