एकै सर्काे चुराेटले लिन सक्छ ज्यान
एक अनुसन्धानअनुसार एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक रसायन शरीरमा प्रवेश गर्छन्। यीमध्ये दुई सय ५० भन्दा बढी रसायन त ज्यादै खतरनाक हुन्छन्।
तीमध्ये ६९ केमिकल क्यान्सरको कारण बन्छ। यस्ता हानिकारक रसायन मानिसको मृत्युको कारणसमेत बन्न सक्छ।
धूमपान र सुर्ती सेवनले मुटुमा धमनीसम्बन्धी रोग, फोक्सोको क्यान्सर आदि हुने सम्भावना हुन्छ।
धूमपानले ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज’ (सीओपिडी) को पनि सम्भावना हुन्छ। नियमित धूमपान गर्ने हरेक चारमध्ये एकलाई यो समस्या हुने गरेको अनुसन्धानले देखाएको छ। दम र सीओपिडी दुवैले फोक्सोको क्रियाशीलतामा कमी ल्याउँछ।
धूमपान फोक्सो र अन्य श्वासप्रश्वास तन्त्रलाई क्षति पुर्याउँछ, जसका कारण उच्च रक्तचाप, अक्सिजनको कमीलगायत समस्या हुन्छ ।
नियमित धूमपान गर्ने ४० प्रतिशत मानिसलाई स्थायी ब्रोंकाइटिस हुन्छ, त्यसमध्ये आधा मानिस सीओपीडीको शिकार हुन्छन्।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान