एकै सर्काे चुराेटले लिन सक्छ ज्यान
एक अनुसन्धानअनुसार एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक रसायन शरीरमा प्रवेश गर्छन्। यीमध्ये दुई सय ५० भन्दा बढी रसायन त ज्यादै खतरनाक हुन्छन्।
तीमध्ये ६९ केमिकल क्यान्सरको कारण बन्छ। यस्ता हानिकारक रसायन मानिसको मृत्युको कारणसमेत बन्न सक्छ।
धूमपान र सुर्ती सेवनले मुटुमा धमनीसम्बन्धी रोग, फोक्सोको क्यान्सर आदि हुने सम्भावना हुन्छ।
धूमपानले ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज’ (सीओपिडी) को पनि सम्भावना हुन्छ। नियमित धूमपान गर्ने हरेक चारमध्ये एकलाई यो समस्या हुने गरेको अनुसन्धानले देखाएको छ। दम र सीओपिडी दुवैले फोक्सोको क्रियाशीलतामा कमी ल्याउँछ।
धूमपान फोक्सो र अन्य श्वासप्रश्वास तन्त्रलाई क्षति पुर्याउँछ, जसका कारण उच्च रक्तचाप, अक्सिजनको कमीलगायत समस्या हुन्छ ।
नियमित धूमपान गर्ने ४० प्रतिशत मानिसलाई स्थायी ब्रोंकाइटिस हुन्छ, त्यसमध्ये आधा मानिस सीओपीडीको शिकार हुन्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण