क्यान्सर कसरी हुन्छ? बच्न के गर्ने?
शरीरमा कोषिकाहरूको अनियन्त्रित विकास हुनु नै क्यान्सर हो। समयमै उपचार भएन भने यो ज्यानै लिने रोग हो। क्यान्सर विश्वभर प्रकोपको रूपमा फैलिरहेको छ।
नेपालमा क्यान्सरपीडितको यकिन तथ्यांक छैन। तर, मुख्य अस्पतालहरूमा पछिल्लो वर्ष संकलित आँकडाअनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर भएको पाइएको छ। त्यस्तै, दोस्रोमा पाठेघरको मुखको क्यान्सर पर्छ।
क्यान्सरकाे कारण
क्यान्सर हुने खास कारण छैन। शरीरकै आन्तरिक तत्वहरुको सम्पर्कमा आउँदा कतिपय अवस्थामा क्यान्सर हुने सम्भावना हुन्छ ।
क्यान्सर हुनुका अन्य धेरै बाहिरी कारण पनि छन् ।
केही प्रतिशत मानिसमा धुलो–धुवाँ र प्रदूषणका कारण क्यान्सर हुने भए पनि करिब ८० प्रतिशतमा भने निकोटिन र अल्कोहलका कारण हुन्छ। अस्तव्यव्यस्त जीननशैली, व्यायामको कमी र मोटोपनाका कारणसमेत क्यान्सर हुन्छ ।
कतिपय अवस्थामा वंशाणुगत गुणकै कारण क्यान्सर हुने सम्भावना हुन्छ ।
सवारीसाधनबाट निस्कने कार्बन मोनोअक्साइड आदिका कारण पनि क्यान्सर हुन्छ ।
अखाद्य वस्तुको प्रयोगबाट पनि क्यान्सर हुन्छ । यसको सम्पर्कबाट कलेजो र फोक्सोमा क्यान्सर हुन्छ।
पाठेघरको मुखको क्यान्सर गराउने एक प्रकारको जीवाणु पत्ता लागेको छ, जसलाई ‘ह्युमन प्याथिलोमा भाइरस’ भनिन्छ। यसका विभिन्न चरण हुन्छन्। समयमै उपचार गर्न सके यो रोगबाट बच्न सकिन्छ।
रोकथाम
जीवनशैलीमा सामान्य मात्र हेरविचार गर्न सके क्यान्सर हुनबाट करिब ३० प्रतिशत बच्न सकिन्छ।
धूमपान र मद्यपान गर्नै हुँदैन।
पौष्टिक आहार खानुपर्छ ।
सकभर जंकफुड खानु हुँदैन।
मोटोपन नियन्त्रण गर्न नियमित व्यायाम गर्नुपर्छ ।
नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य