रक्तदान जीवनदान : लिने दिने दुवैलाई लाभ
रक्तदानको महत्त्व त्यो व्यक्तिलाई मात्र थाहा हुन्छ, जसलाई जीवनमा रगतको आवश्यक्ता परेको छ। हाम्रो जस्तो मुलुकमा रक्तदानको महत्त्वबारे पर्याप्त ज्ञान नहुँदा आज पनि मानिसमा यसबारे कैयौँ भ्रम छन्।
शरीर कमजोर हुने वा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने हुनाले रक्तदान गर्नु हुँदैन भन्नेहरू अझै धेरै छन्। तर यी साेच बिलकुल गलत हुन्। सबैभन्दा महत्त्वपूर्णा र पराेपकारकाे काम– एकपल्टको रक्तदानले तीन जनासम्मको ज्यान बचाउन सकिन्छ। यसले दिने आत्मसन्तुष्टिलाई शब्दमा अभिव्यक्त गर्न सकिँदैन।
रक्तदान किन?
अहिले विश्वमा कैयौँ मानिस विभिन्न रोगबाट ग्रसित छन्। कैयौँ अस्पतालमा मानिस रगत अभावमा छटपटाइरहेका छन्। प्रसव वेदनादेखि सवारी दुर्घटनाका क्रममा अत्यधिक रक्तश्राव हुँदा र अन्य जटिल राेगमा पनि कैयौँ मानिस रगत नपाएर छटपटाइरहेको अवस्थामा छन्।
यस्तो अवस्थामा थोरै मात्र रगत पाउने हो भने मात्र पनि कसैको ज्यान बच्न सक्छ। रगत पाउन केही मिनेट विलम्ब हुँदा पनि मानिसको ज्यानै जान सक्छ। यसैकारण रक्तदानकाे महत्त्व छ।
रक्तदान गरेमा समस्यामा परेको व्यक्तिलाई त फाइदा हुन्छ नै, दान दिने व्यक्तिलाई समेत यसबाट लाभ हुन्छ। कसरी?
जब हामी रक्तदान गर्छौ, हाम्रो शरीरबाट बाहिरिएको रगतको पूर्ति शरीरले दुई तीन दिनभित्रै गरिदिन्छ।
रक्तदानको समयमा तीन सय मिलिलिटर रगतमात्र दान गरिन्छ, जसको पूर्ति शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्छ। त्यतिमात्र नभई रक्तदानले तनाव कम गर्नुका साथै, शरीरलाई स्वस्थ राख्छ ।
रक्तदानका फाइदा
रक्तदान गरेमा मुटुको रोग जोखिम कम हुनुका साथै रगतमा कोलेस्टाेराेलको मात्रा समेत कम गर्छ।
रक्तदान गरेमा इफ्लेमेसन कम हुने शरीरमा एन्टिअक्सिेडेन्टको मात्रा बढ्छ।
रक्तदानपछि शरीरमा रगतको कोशिका तीव्र गतिमा बढ्न थाल्छ। शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ र रक्तदान गरेपछि शरीरमा स्फूर्ति बढ्छ ।
रक्तदान गरेमा संक्रमित रोग समेत पत्ता लाग्छ।
सन् २००८ को एक अध्ययनले नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, खानानली र पेटको क्यान्सरको जोखिम कम हुन्छ भन्ने पनि देखाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य