के कारण हुन्छ मोतीबिन्दु? उपचार कसरी?
आँखामा धमिलोपन आई हेर्ने क्षमतामा ह्रास आउनुलाई मोतीबिन्दु भनिन्छ। नेपालमा अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतीबिन्दु मुख्य कारण हो ।
बुढेसकालमा प्रोटिनको कमीका कारण आँखाको लेन्स क्षमतामा आउँछ। यससँगै आँखाले धमिलो देख्न थाल्छ ।
मधुमेह तथा हाइपरटेन्सनजस्ता रोगले पनि मोतीबिन्दुको समस्या निम्त्याउन सक्छ।
सूर्तीजन्य पदार्थको सेवन, शरीरमा विषाक्त पदार्थको मात्रामा वृद्धि, विकिरण र सूर्यको परावैजनी किरण आदि बाह्य कारणले पनि यो समस्या देखा पर्न सक्छ।
मोतीबिन्दु भइसकेपछि सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यसमा पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राखिन्छ।
शल्यक्रियाबाट नै आँखाको दृष्टिापूर्ण रूपमा ठीक गर्न सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण