यसरी चिन्नुस् विषालु च्याउ
च्याउ पौष्टिक तत्त्व पाइने स्वादिष्ट तरकारी होे। वर्षायाम लागेसँगै वनजंगल पाखा र खाली चौरमा प्रशस्त च्याउ उम्रिन्छ। जंगलमा उम्रिने सबै च्याउ खानलायक हुँदैनन्। कतिपय च्याउ खाँदा मानिसको मृत्यु पनि हुन सक्छ।
विशेषज्ञहरूका नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्। तीमध्ये ११० प्रजातिका च्याउ मात्र खानयोग्य छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन भने गाह्रो हुन्छ।
सामान्यतया खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ। यदि खस्रो भए च्याउ विषालु हुन सक्छ। विषालु च्याउ हेर्दा सफा र आकर्षक देखिन्छ ।
त्यसैले वनपाखा र खुला चौरमा उम्रेका च्याउ खानुअघि विचार पुर्याउनुपर्छ । नमीठो गन्ध, धेरै झुस र एकै ठाउँमा थरीथरीको रङ भएका च्याउ पनि विषालु हुन सक्छन् । छुँदा रङ बदलिने र भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुने विशेषज्ञहरू बताउँछन्।
खानयोग्य च्याउ केही दिनमै कुहिन्छ। यसको विपरीत विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ ।
खानयोग्य च्याउ पनि राख्ने तरिका नमिल्दा विषाक्त हुनसक्ने विशेषज्ञहरू बताउँछन्।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन