Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दम राेगको रोकथाम र व्यवस्थापन 

दम राेगको रोकथाम र व्यवस्थापन 

दम भनेको बारम्बार श्वास फेर्न गाह्रो हुने र छाती घ्यारघ्यार हुने अवस्था हो। दमको आक्रमण हुँदा, श्वास फेर्ने नलीका भित्ताहरू सुनिन्छन्, जसले गर्दा फोक्सोले हावा लिने र फाल्ने क्रममा अवरोध आउँछ।

दमका रोगीहरूलाई विभिन्न कुराबाट एलर्जी हुने सम्भावना हुन्छ जस्तै धुलो केही खाद्य वस्तुको धुलो, व्यायाम, चिसो हावा लगाउने रंग चिन्ता र अन्य दम बढाउने वस्तु। कोही संवेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धूमपानले पनि लक्षणहरूलाई बढावा दिन्छ।

लक्षणहरू

समय समयमा गम्भीर र अचानक श्वास फेर्न गाह्रो हुनु र साथै छाती घ्यारघ्यार हुनु,

कहिले खकार आउने र अहिले नआउने गरी खोकी लाग्नु,

दमका बिरामीहरूलाई विशेषगरी रातको समयमा गाह्रो हुने गर्छ र त्यस्ता बिरामीहरू फोक्सोमा हावाको कमीले श्वास फेर्न गाह्रो भएर बिहान सबेरै उठ्ने गर्छन्।

हरेक बिरामीलाई भिन्नै किसिमको एलर्जी गराउने तत्त्वहरू हुन्छन्। दमको आक्रमण हुने वेलामा बाहेक अरु वेलामा बिरामी सामान्य नै हुने गर्छ।

बिरामीलाई एलर्जी हुनुको कारण कहिलेकाहीँ छाला जाँच गराएर पनि गाह्रो हुन्छ। एलर्जीको कारण पत्ता लागेमा त्यो कारणबाट टाढा रहँदा दमको पुनः आक्रमणबाट बच्न सकिन्छ।

सामान्य दम भएमा कम गर्न औषधिहरू दिइन्छ तर गम्भीर रूपमा दम भएको अवस्थामा भने पछि दमको अर्को आक्रमण हुन नदिने औषधिहरू पनि दिइन्छ।

दमको रोकथाम र व्यवस्थापन 

यदि तपाईँ दमकाे रोगी हुनुहुन्छ भने, यी लक्षणहरूलाई बढावा दिने खालका कारण तत्त्वहरूलाई पत्ता लगाई यसबाट बच्नुहोस्।

आफूलाई धुवाँ, धुलो, कडा गन्ध, रंग, स्प्रे र केही खाद्य वस्तुबाट टाढा राख्नुहोस्।

घरपालुवा जनावर जस्तै, बिरालो आदि नपाल्नुस् किनभने तिनीहरूको कपालले पनि एलर्जी हुन सक्छ र दम बढाउँछ।

धूमपान नगर्नुहोस्, साथै अरु जो धूमपान गर्छन् त्यस्ता व्यक्ति नजिक पनि नबस्नुहोस्।

मौसम परिवर्तन हुने बखतमा आफूलाई त्यस्ता मौसमबाट बच्न विशेष ध्यान दिनुहोस्।

आफू जता गए पनि आफूले सेवन गर्नुपर्ने औषधि साथमा बोकेको कुरा सुनिचित गर्नुहोस्।

यदि लक्षण गम्भीर छन् र औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएन भने तुरुन्तै चिकित्सककहाँ जानुहोस्।

थप समाचार