यसकारण हुन्छ जण्डिस
जण्डिस नेपाली समाजमा ‘पहेँलाे राेग’ नामले पनि चिनिन्छ। याे विभिन्न कारणले हुन्छ, जसमध्ये रगतमा विलिरुबिनको मात्रा बढी हुुनु मुख्य कारण हो ।
सामान्यतया रगतमा विलरुबिनको मात्रा एक मिलिग्रामभन्दा कम हुन्छ। तर, विभिन्न रोगका कारण यसको मात्रा तीन मिलिग्राम वा त्याेभन्दाबढीसम्म पुग्ने भएकाले छाला पहेँलो हुन्छ।
एक्युट हेपाटाइटिस, क्रोनिक हेपाटाइटिस, कलेजोको क्यान्सर र पित्तथैली बन्द हुनुजस्ता कलेजोसम्बन्धी विभिन्न रोगका कारणले जन्डिस देखा पर्छ ।
रगतमा भएको ‘विलिरुबिनको मात्रालाई कलेजोमार्फत पित्तमा फाल्ने इन्जाइम कम हुँदा विलिरुबिनको मात्रा झन् बढेर जण्डिस हुन्छ । यस्तै विविध कारणले पित्ताथैली बन्द हुँदासमेत जण्डिस हुन्छ।
लामो समयसम्म क्षयरोगको औषधि सेवन गर्दा, अत्यधिक मदिराजन्य पदार्थ सेवन गर्दा पनि जण्डिसले समाउन सक्छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य