Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसकारण हुन्छ जण्डिस

यसकारण हुन्छ जण्डिस

जण्डिस नेपाली समाजमा ‘पहेँलाे राेग’ नामले पनि चिनिन्छ। याे विभिन्न कारणले हुन्छ, जसमध्ये रगतमा विलिरुबिनको मात्रा बढी हुुनु मुख्य कारण हो ।

सामान्यतया रगतमा विलरुबिनको मात्रा एक मिलिग्रामभन्दा कम हुन्छ। तर, विभिन्न रोगका कारण यसको मात्रा तीन मिलिग्राम वा त्याेभन्दाबढीसम्म पुग्ने भएकाले छाला पहेँलो हुन्छ।

एक्युट हेपाटाइटिस, क्रोनिक हेपाटाइटिस, कलेजोको क्यान्सर र पित्तथैली बन्द हुनुजस्ता कलेजोसम्बन्धी विभिन्न रोगका कारणले जन्डिस देखा पर्छ ।

रगतमा भएको ‘विलिरुबिनको मात्रालाई कलेजोमार्फत पित्तमा फाल्ने इन्जाइम कम हुँदा विलिरुबिनको मात्रा झन् बढेर जण्डिस हुन्छ । यस्तै विविध कारणले पित्ताथैली बन्द हुँदासमेत जण्डिस हुन्छ।

लामो समयसम्म क्षयरोगको औषधि सेवन गर्दा, अत्यधिक मदिराजन्य पदार्थ सेवन गर्दा पनि जण्डिसले समाउन सक्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार