Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लामखुट्टेले ल्याउँछ यस्ता घातक राेग, यसरी बच्नुस्

लामखुट्टेले ल्याउँछ यस्ता घातक राेग, यसरी बच्नुस्

काठमाडौं : मध्य गर्मी मौसम छ। याे लामखुट्टेले दु:ख दिने वेला हाे।लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्छ ।

विशेषगरी, तराई क्षेत्र तथा अत्यधिक गर्मी हुने ठाँउमा लामखुट्टे धेरै हुने भएकाले यी ठाउँमा रोगको संक्रमण पनि बढी हुन्छ । तर, विभिन्न कारणले पछिल्लो समयमा पहाडी क्षेत्रमा समेत लामखुट्टे फैलिइरहेको छ ।

खोला किनारमा बस्ने, दूषित पानी पिउने तथा सहरी क्षेत्र तथा बाक्लो बस्ती भएका ठाउँमा लामखुट्टे चाँडै फैलिन्छ। त्यसैले, यस्ता क्षेत्रमा सरुवा रोगको महामारीसमेत चाँडै फैलिने सम्भावना हुन्छ । यी हुन् लामखुट्टेले मानिसलाई सार्ने रोग–

डेंगु

लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्ये डेंगु सबैभन्दा घातक हो। एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट सर्छ। डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्नेजस्ता समस्या देखिन्छ।

मलेरिया

एनाफिलिज नामक लामखुट्टेको टोकाइबाट मलेरिया रोग लाग्छ। । सामान्यतया पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला र एचआइभी एड्स संक्रमित मानिस मलेरियाबाट बढी प्रभावित हुन्छन् । टाउको दुख्नु, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् । समयमै उपचार नगरे यसले ज्यानै लिन पनि सक्छ ।

जापानिज इन्सेफ्लाइटिस

जापानी इन्सेफ्लाइटिस भएमा त्यसले सिधै दिमागमा असर गर्छ । साथै, नसा र स्पाइनल कर्डमा समेत असर पु¥याउने भएकाले यो रोगलाई निकै घातक मानिन्छ । यसको समस्या देखिएपछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले सास फेर्न गाह्रो हुन्छ । त्यस्तै, ज्वरो आउने, टाउको दुख्ने र आँखा रातो हुने समस्या देखा पर्छ।

बच्ने उपाय

सरुवा रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ । पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्नुपर्छ ।

ढल र पानी जम्ने ठाउँ साता नै पिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बगाउनुपर्छ । लामखुट्टे मार्न टोल–टोलमा विषादी छर्किर्ने गर्न सकिन्छ । यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याउँछ र नियन्त्रण गर्न सजिलो हुन्छ ।

सुत्दा अनिवार्य झुल प्रयोग गर्नुपर्छ । घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न सुत्ने वेलामा हात गाेडालगायत अंगमा ‘लोसन’ लगाउनुपर्छ ।

थप समाचार