Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

किन आउँछ अनुहारमा चायापोतो?

किन आउँछ अनुहारमा चायापोतो?

तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी चायापोतोले सताउँछ। चायापोतो विशेषगरी अनुहारमा आउँछ। अनुहारमा आउने चायापोतो नाक, गाला, निधारमा, निधारको दायाँबायाँ आउँछ, जसले अनुहारै कुरुप बनाइदिन्छ।

चिकित्सकका अनुसार छालाको ‘पिग्मेन्टेसन डिसअर्डर’ चायापोतो हो। छालामा कालो रंग बनाउने कोषिका हुन्छन्, जसलाई ‘मेलानोसाइट्स’ भनिन्छ। यी कोषिका बढी सक्रिय हुँदा आउने परिवर्तन नै यसको असर हो। मेलानोसाइट कोषिकाले मेलानिन नामक तत्त्व बनाउँछ त्यो बढी भएमा चायापोतो देखिन्छ।

मेलानोसाइटको घनत्व शरीरको अन्य भागमा भन्दा अनुहारमा बढी हुने भएकाले अनुहारमा बढी यसको असर परेको हो।

प्रजनन् उमेर समूहका महिलामा एस्ट्रा जेन र प्रोजेस्टेरोन हर्मनको बढी उतारचढाव हुने भएकाले यो समयमा बढी चायापोतो आउँछ। महिनावारी शुरु भएपछि बन्द नहुञ्जेल महिलामा यसको असर आउने चिकित्सकहरू बताउँछन्।

चाया पोतो आउने कारण एउटै मात्रै छैन। चिकित्सकका अनुसार चायापोतो आउनुको प्रमुख कारण वंशाणुगत गुण पनि हो। आमाबुवा वा पुर्खामा चायापोतो नदेखिए पनि त्यसको गुण बोकेको भए त्यसको असर सन्ततिमा देखिन सक्छ।

धेरै घाममा बस्नाले ‘मेलानोसाइट बढेर अनुहारमा चायापोतो देखिन्छ। छालामा जथाभावी प्रयोग गरिने ‘स्किन केयर प्रोडक्ट’ले चायापोतो ल्याउने जोखिम त्यतिकै हुन्छ। चिकित्सकको सल्लाहबिना जथाभावी अनुहारमा क्रिम लगाउँदा यस्तो समस्या हुन्छ।

गर्भवतीमा हर्मोनको उतारचढावले अनुहारमा आएको पोतो भने बिस्तारै आफैँ हराएर जान्छ। गर्भनिरोधक पिल्समा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मन हुने भएकाले नियमित पिल्स खाने महिलामा यस्तो समस्या आउनसक्ने चिकित्सकहरू बताउँछन्। पिल्सका कारण यस्तो समस्या भए परिवार नियोजनको अन्य उपाय अपनाउन उनीहरू सुझाव दिन्छन्।

थप समाचार