आँप खानुस् तर, याद गर्नुस् यी कुरा
फलको राजा आँप मन नपर्ने को होला! अहिले यसको मौसम हो। आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व जस्तै भिटामिन ए, बिटामिन बी पनि पाइन्छ।
शरीर अनुकुल हुनेगरी ठिक्क मात्रामा खाइयो भने जुनसुकै खानेकुराले फाइदा गर्छ। विचार नपुर्याइ खाँदा आँपले पनि हानि गर्न सक्छ।
विषादीको असर
हामी पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्छौँ। तर, आँप पकाउनका लागि त्यसमा क्याल्सियम कार्बाइड मिलाइन्छ। यो केमिकलले स्वास्थ्यमा गम्भीर असर गर्छ । त्यसैले सकेसम्म बजारमा काँचो आँप किनेर घरमै पकाउन सकिन्छ।
सफाइमा ध्यान
आँपको टुप्पोमा एक किसिमको तरल पदार्थ हुन्छ। त्यसलाई राम्ररी पखालेर मात्र आँप खानुपर्छ। यदि त्यसलाई पखालिएन भने गला वा ओठमा समस्या आउन सक्छ। आँपले एलर्जी पनि आउन सक्छ।
पाचन पक्रियामा असर
कुनै पनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ। पचाउन गाह्रो हुन्छ। ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ। पेट खराब हुन्छ। आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ।
बढ्न सक्छ तौल
एक मध्यम आकारको आँपमा १३५ क्यालोरी पाइन्छ। यसले तौल बढाउन योगदान दिन्छ। यदि तौल नियन्त्रण गर्नुपर्ने अवस्था छ वा तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने, आँपको मात्रा नियन्त्रण गर्नैपर्छ। सन्तुलित मात्रामा आँप सेवन गर्नुहुन्छ भने समस्या आउँदैन।
सुगर लेभल बढ्ला
आँपमा चिनीको मात्रा धेरै हुन्छ। जब हामी अत्याधिक आँप खान्छौं, शरीरमा ब्लड सुगर लेभल बढ्न पुग्छ। मधुमेहको समस्या भएकालाई यसको बढी असर पर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य