किन फुल्छ कपाल?
उमेर बढ्दै जाँदा कपाल कालो बनाउने तत्त्व ‘मेलानिन पिगमेन्ट’ कम हुँदै जान्छ। यसकारण कपाल फुल्छ वा सेतो हुने गर्दछ।
बाबुआमा वा परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा फुलेको छ भने बालबालिकाको कपाल पनि सानै उमेरमा सेतो हुने समस्या आउन सक्छ।
डिप्रेसन, मलेरियाका तथा एन्टिबायोटिक औषधि लामो समयसम्म सेवन गरिरहेका मानिसमा साइडइफेक्टका कारण कपाल चाँडै फुल्छ।
शरीरमा प्रोटिन, आइरन, भिटामिन बी, जिंकजस्ता पोषक तत्त्वको कमी भएको छ भने कालो बनाउने तत्त्व मेलानिन पिगमेन्ट कम बन्छ र कपाल सेतो हुन्छ।
शेम्पु, कन्डिसनर, कपालमा लगाउने विभिन्न प्रकारका रङ्ग र कपालमा लगाउने अन्य प्रोडक्टमा पाइने रसायनका कारण कपाल फुल्छ।
सानै उमेरमा एक्जिमा, एनिमिया, थाइराइड, एड्स, डिप्रेसन र धेरै तनाव लिने व्यक्तिमा कपाल सेतो हुने समस्या देखिने गर्छ।
कपाल खुल्ला छोडेर हिँड्दा धूलो, धूवा कपालमा बस्ने वा टासिने हुँदा कपाल फुल्छ।
जंक फूड र धेरै तारेको, भुटेको, डढेको खाने कुराले कपाल छिट्टै फुल्ने वा सेतो हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण