गर्मीमा सरुवा रोगबाट बच्न…
गर्मी महिना छ। स्वास्थ्यमा थोरै पनि हेलचेक्र्याइँ गर्दा पनि विभिन्न किसिमका सरुवा लाग्नसक्ने सम्भावना हुन्छ। ती रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ–
टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग लाग्नबाट बच्न दूषित पानी र फोहोर खानपान नगर्ने।
साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने बानी गर्नुपर्छ।
सँधै उमालेको शुद्ध पानी मात्र पिउने गर्नुपर्छ। बासी खानेकुरा खानु हुँदैन।
घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने बानी बसाल्नुपर्छ।
बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना खानुहुँदैन।
फोहोर र झिँगा भन्केका खानेकुरा खानाले चाँडै रोगको संक्रमण गराउँछ।
काँचो मासु र राम्ररी नपाकेको खानेकुरा खान हुँदैन। खानेकुरालाई राम्ररी छोपेर राख्नुपर्छ।
फलफूललाई सफा पानीले पखालेर मात्र खाने गर्नुपर्छ। सकेसम्म ताजा खाना खाने गर्नुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण