शरीरका लागि अत्यावश्यक पानी, पिउन नजान्दा घातक पनि
पानी मानव जीवनका लागि पानी नभई नहुने वस्तु हो। तर शरीरलाई आवश्यक हुन्छ भन्दैमा पानी जथाभावी पिउनु स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।
हामीले पानी पिउँदा कहिले, कसरी र कति मात्रामा पिउने भन्ने कुरा जान्नु आवश्यक हुन्छ। पानीका फाइदा मात्रै हुँदैनन्। पानी पिउने उपयुक्त तरिका नजान्दा यसले हाम्रो स्वास्थ्यलाई हानि गर्न सक्छ।
हामीले खाने खाना जति नै स्वस्थकर भए पनि सही मात्रामा पानी नपिउनाले शरीरमा अपच, कब्जियत, ग्याष्ट्रिक, कलेजो सम्बन्धी समस्या, आलस्यता, किड्नीका पत्थरी, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दाल, छालाको एलर्जी, चर्मरोग र टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन्।
एक दिनमा कति पानी पिउने?
कति पानी पिउने भन्ने कुरा ठाउँ, प्रकृति र मौसम अनुसार फरक पर्छ। सामान्यतया मानिसको शरीरलाई एक दिनमा कम्तिमा तीन लिटर पानी चाहिन्छ। गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्कन्छ। शारीरिक व्यायाम गर्ने व्यक्तिको समेत पसिना निस्कन्छ। यस्तो अवस्थामा शरीरमा पानीको खपत बढी हुन्छ र पानीको मात्रा बढाउनु पर्छ।
पानीको कमी भएको कसरी थाहा पाउने?
शरीरमा पानीको मात्रा कम भयो भने पिसाबकाे रंग पहेँलो हुन्छ। साथै पानीको कमीले पाचन प्रक्रियामा समस्या देखिने तथा छाला खुख्खा हुने गर्दछ। यस्तो अवस्थामा आफूले पिउने पानीको मात्रा बढाउनु पर्छ।
एक पटकमा कति पानी पिउने?
एकै पटक धेरै पानी पिउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन। पानी पिउँदा जहिले पनि विस्तारै पिउनु पर्छ। पानीलाई केहीबेर मुखमा राखेर निल्नु राम्रो हुन्छ।
उभिएर पानी पिउनु हुँदैन। यसरी पिउँदा मृगौलाले पानी राम्ररी फिल्टर गर्न सक्दैन। साथै उभिएर पानी पिउदा जोर्नीमा समेत समस्या देखिन सक्छ। एकपटकमा बढीमा दुई गिलास पानी पिउनु उपयुक्त मानिन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’