रक्तदान : लिने दिने दुवैलाई फाइदा
हामीले रक्तदान गर्दा अरु कसैले जीवनदान पाउँछन्। सम्भावित मृत्यु टर्छ। भनिन्छ, एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ।
हामीले दिएको रगतले अरु कसैको उपकार हुन्छ। रक्तदान गर्दा अरुलाई लाभ हुने त छँदैछ, दिने मानिसलाई समेत फाइदा हुन्छ, कुनै नोक्सानी होइन।
विभिन्न अध्ययन अनुसन्धानले जनाएअनुसार रक्तदान गरेमा मुटुको रोग जोखिम कम हुनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा समेत कम हुन्छ।
त्यस्तै, नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, अन्ननली तथा पेटको क्यान्सरको जोखिम कम हुन्छ भन्ने सन् एक अध्ययनले बताएको छ। सन् २०१६ मा भएको एक अनुसन्धानले पनि रक्तदान गरेमा ‘इफ्लेमेसन’ कम हुने शरीरमा एन्टीअक्सिेडेन्टको मात्रा बढ्ने पाइएको छ।
रक्तदानका फाइदा
रक्तदानको समयमा तीन सय मिलीलिटर रगतमात्र दान गरिन्छ, जसको पूर्ति शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्छ।
रक्तदान पश्चात्त शरीरमा रगतको कोशिका तीव्र गतिमा बढ्न थाल्छ।
शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ । जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ।
रक्तदान गरेमा संक्रमित रोग समेत पत्ता लाग्छ।
रगतहरूमध्ये ‘ओ नेगेटिभ’ भएका व्यक्ति ‘युनिभर्सल डोनर’ हुन्, अर्थात उनीहरू जो कसैलाई आफ्नो रगत दान दिन सक्छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य