मञ्जनको अधिक मात्राले हानि गर्न सक्छ बच्चाको दाँतलाई
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रशमा मटरको दाना जति टूथपेस्ट हाल्नुपर्छ।
बच्चालाई कम टूथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टूथपेस्ट दिँदा उनीहरूलाई डेन्टल फ्लुओरोसिस हुन सक्छ।
अमेरिकन डेन्टल एसोसिएसनको वेबसाइट अनुसार, यसको ठूलो कारण भनेको टूथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ। यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाइदिन्छ।
साना बच्चाका लागि टूथपेस्टको कम प्रयोग गर्ने सल्लाह किनकि टूथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो। दाँतमा त्यसले पनि असर पार्छ।
अध्ययनअनुसार, फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ। यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ। यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ।
दन्तचिकित्सकका अनुसार दिनको दुईचोटि दाँत माझ्नु जरूरी छ। पहिलो दाँत आउनेबित्तिकै बच्चाको दाँत सफा गर्न थाल्नुपर्छ । ६ महिनामा पहिलो दाँत आउँछ तर त्यतिखेर ब्रस गराउन सकिएन भने मुलायम सूती कपडाले दाँत सफा गर्नुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण